२०८२ कार्तिक १८, मंगलबार
नयाँ
पछिला अपडेट

विनयी खोलाको डाइभर्सन सुचारु, सडक सञ्चालनमा

२०८२ जेष्ठ २९, बिहिबार प्रकाशित ( महिना अघि) ५२२ पाठक संख्या

चोरमारा । विनयी त्रिवेणी गाउँपालिका–१ स्थित पूर्व–पश्चिम राजमार्ग अन्तर्गत विनयी खोलाको डाइभर्सनमा आज बिहान भारी वर्षाका कारण पानीको बहाव अत्यधिक बढेपछि सडक अवरुद्ध भएको थियो।

यसका कारण यात्रुबाहक तथा मालवाहक सवारी साधनहरू रोकिनुका साथै साना सवारी साधनहरूलाई वैकल्पिक मार्ग हुँदै गन्तव्यमा पठाइएको थियो।

प्रहरी तथा स्थानीय निकायको समन्वयमा डाइभर्सनमा जमेको पानी हटाएर सडक सुचारु गर्ने प्रयास जारी रहँदा दिउँसो ३:४० बजेपछि सवारी आवागमन पुनः सुचारु गरिएको छ ।

हाल सबै प्रकारका सवारी साधनहरू सावधानीपूर्वक सडक प्रयोग गरिरहेकाले यात्रुहरुलाई सतर्कता अपनाउन ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस