२०८२ जेष्ठ ३१, शनिबार
नयाँ
पछिला अपडेट

मध्यविन्दुमा गैडाको आक्रमणबाट पैदल यात्रु घाइते

२०८२ जेष्ठ २९, बिहिबार प्रकाशित ( दिन अघि) ३२० पाठक संख्या

चोरमारा । मध्यविन्दु नगरपालिका–२, सेहरीस्थित गए राती सडकमा गैडाको आक्रमणमा परी एक जना पैदल यात्रु घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार सेहरीमा बसोबास गर्दै आउनुभएका ४५ वर्षीय रेशमलाल महतोलाई राति करिब १०:४५ बजे बाटोमा हिँडिरहँदा एक्कासी गैडाले दुबै खुट्टामा आक्रमण गरेको हो ।

घाइते भएका महतोको हाल मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा उपचार भइरहेको छ। उहाँको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस