२०८२ फागुन ३, आईतबार
नयाँ
पछिला अपडेट

नवलपुरमा खोलामा डुबेर बालिकाको मृत्यु

२०८२ जेष्ठ २४, शनिबार प्रकाशित ( महिना अघि) १८८० पाठक संख्या

चोरमारा । विनयी त्रिवेणी गाउँपालिका–५ देउरालीमा खोलामा डुबेर एक बालिकाको ज्यान गएको छ।

स्थानीय विनयी खोला र खग्रास खोलाको दोभानमा पौडी खेल्ने क्रममा उमादेवी रखालकी आठ वर्षीया छोरी रोषना रखाल डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) मधु नेपालले जानकारी दिए। उनका अनुसार रोषना केही साथीहरूसँगै पौडी खेल्न खोलामा गएकी थिइन्।

सोही क्रममा डुबेर अचेत भएकी उनलाई स्थानीयले उद्धार गरी मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा लगिएको थियो। तर चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%२%१२%

प्रतिक्रिया दिनुहोस