२०८१ जेष्ठ ६, आईतबार
नयाँ
पछिला अपडेट

मानव बेचविखन तथा ओसारपसार नियन्त्रण सम्बन्धी अभिभुखिकरण कार्यक्रम सम्पन्न

२०८१ बैशाख २४, सोमबार प्रकाशित ( हफ्ता अघि) १२१ पाठक संख्या

काठमाडौं । काठमाडौं महानगरपालिका सामाजिक विकास विभागको आयोजनामा मानव बेचविखन तथा ओसारपसार नियन्त्रण सम्बन्धि एक दिने अभिभुखिकरण कार्यक्रम आइतबार सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै कामनपा उप प्रमुख सुनिता डङ्गोलले, मानव बेचविखन जस्तो जघन्य अपराध रोकथाम गर्न काठमाण्डु महानगरपालिकाको ३२ वटा वडामा मानव बेचविखन तथा ओसारपसार नियन्त्रण समिति गठन भएको जानकारी दिनु भयो । डङ्गोलले समिति गठन भएपनि सन्तोषजनक काम गर्न अल्मलिएको गुनासो गर्दै अबका दिनमा अपराधको विरुद्ध सबै एकजुट भएर लाग्न आह्वान गर्नु भयो ।

Messenger_creation_e12d462a 5ef0 457a 9edf 8ee2ca4ee2a7

वैदेशिक रोजगारको नाममा बेचविखन बढेको र प्रविधिको प्रयोग बाट पनि अपराध सृजित भैरहेको कामनपा समाजिक विकास विभाग प्रमुख विमला कोइरालाले बताउनु भयो । कोइरालाले, मनोरञ्जन क्षेत्र र खाजा घरहरू पनि बेचविखनको उच्च जोखिममा रहेको जानकारी दिदै र वडाहरूमा गठन गरिएको समितिले अब क्रियाशील भै काम गर्न विभिन्न संघ संस्थाहरूसँग समन्वय सहकार्य गर्न समेत अनुरोध गर्नु भयो ।

यसैगरी संस्थाकाे तर्फबाट अामकास् नेपालकी अध्यक्ष विजया राइले सबै मिलेर काम गर्ने हाे भने जस्ताे सुकै अपराध न्युनिकरण हुन्छ सक्छ बताउनु भयाे । कार्यक्रममा मानव बेचविखन अनुसन्धान ब्युरोका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र विष्टले, ब्युरोबाट सम्पादन भएका काम , मानव बेचविखनका अवस्था र कानुनहरूको बारेमा प्रस्तुति गर्नु भएको थियो । यसैगरी कानुनका थप जानकारीको बारेमा अधिवक्ता बसन्त आचार्य र कोरिया जाने कामदारहरूको बारेमा इपिएस शाखा ग्वार्कोका निर्देशक उप सचिव मैयाँ कँडेलले प्रस्तुति गर्नु भएको थियो ।

Messenger_creation_eec10764 Fcec 4517 924b 82260750a909

काठमाण्डु महानगरपालिकाले ३ चरणमा समितिहरू गठन गरेको थियो । आ.व. २०७८ र ०७९ मा १० वटा वडाहरूमा गठन गरेको थियो त्यसैगरी आ. वा. २०७९ र ०८० मा १९ वटा वडामा र चालु आर्थिक वर्षमा ३ वटा वडामा मानव बेचविखन तथा ओसारपसार नियन्त्रण समिति गठन गरेको कार्यक्रममा जानकारी दिइएको थियो । कार्यक्रममा काठमाण्डु महानगरपालिका ३२ वटा वडाका सदस्य र संघ संस्थाहरूको सहभागिता रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस