२०८१ जेष्ठ ५, शनिबार
नयाँ
पछिला अपडेट

नवलपुरको दाउन्ने सडक यो बर्खामा पनि पिच नहुने

२०८१ बैशाख २३, आईतबार प्रकाशित ( हफ्ता अघि) २१८९ पाठक संख्या

काठमाडौं । बुटवल–नारायणगढ सडक अन्तर्गत पूर्वी खण्ड ( गैंडाकोट–दाउन्ने ) मा आगामी वर्षायाममा समेत सडक पिच नहुने भएको छ । यस आयोजनामा सबैभन्दा धेरै जोखिमपूर्ण मानिने दाउन्ने खण्डमा आगामी वर्षायामलाई ध्यानमा राख्दै ग्राभेल राख्ने र अस्थायी नाली खन्ने कामलाई तीव्रता दिइएको नारायणगढ–बुटवल सडक योजनाले जानकारी दिएको छ ।

अप्रिल २०२४ सम्मको प्रगति सार्वजनिक गर्दै आयोजनाले स्रोत साधन बढाएर वर्षायाम अगावै यथासम्भव धेरै भन्दा धेरै एकतर्फी सडक कालोपत्रे गर्न निर्देशन दिइएको समेत आयोजनाले उल्लेख गरेको छ ।

यो सडक खण्डमा अझै आशातीत प्रगति हुन नसकेको समेत आयोजनाले स्वीकार गरेको छ । यो सडक विस्तारको काम चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीले गरिरहेको छ ।

यस सडक आयोजनामा गैंडाकोटबाट दाउन्नेसम्म ६४।४२ किलोमिटर र दाउन्नेबाट बुटवलसम्मको ४८।५८ किलोमिटरलाई पश्चिम खण्डका रुपमा विभाजन गरी काम भइरहेको छ ।

यस खण्डमा घुम्ती र उकालो सडक भएकाले दाउन्ने खण्ड सबैभन्दा जोखिमपूर्ण मानिन्छ । त्यसमाथि हिलो र धुलोमा गाडी फस्दा यात्रुले ठूलो सास्ती भोग्दै आएका छन्

२०७५ सालदेखि निर्माण सुरु भएको यो आयोजनाको पूर्वी खण्डको समग्र प्रगति प्रतिशत अप्रिलसम्म ५०.६२ किलोमिटर भएको छ । यस खण्डमा ३७ किलोमिटर एकतर्फी र १२.३३ किलोमिटर दुईतर्फी कालोपत्र सम्पन्न भइसकेको छ । २१ वटा साना पुल निर्माण सम्पन्न भएको आयोजनाले जनाएको छ । ८ वटा ठूला पुल निर्माण अन्तिम चरणमा छ ।

यस खण्डमा १६३ वटा कल्भर्टको निर्माण सम्पन्न भइसकेको छ । अप्रिल २०२४ मा मात्र ७.२८ किलोमिटर एकतर्फी कालोपत्रे गरिएको आयोजनाको भनाइ छ । यस सडकमा धुलो उड्ने समस्या न्यूनीकरण गर्न कुल १९ वटा ट्यांकर परिचालन गरी पानी हाल्ने काम समेत भइरहेको आयोजनाले जनाएको छ । यो समाचार आजको अनलाइन खबरबाट साभार गरिएको हो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१२%३%३%१%५%२४%

प्रतिक्रिया दिनुहोस