२०८२ श्रावण ४, आईतबार
नयाँ
पछिला अपडेट

नवलपुरमा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु 

२०८० फागुन २४, बिहिबार प्रकाशित ( साल अघि) ८७० पाठक संख्या

नवलपुर । नवलपुरमा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । नारायणी नदीमा डुबेर भारतीय नागरिकको मृत्यु भएको प्रहरीले बताएको छ ।

जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–७ को नारायणी नदीमा रबरको ट्युबमाथि बसेर माछा मार्ने क्रममा ट्युबको हावा फुस्कँदा उनको मृत्यु भएको हो ।मृतक अन्दाजी ६०-६५ वर्षका पुरुषको सनाखत हुन सकेको छैन ।

पानीमा डुबेर अचेत भएका उनलाई प्रहरीले उद्धार गरी नवलपुर जिल्ला अस्पताल डण्डामा पुर्‍याएकोमा चिकित्सकले मृत घोषणा गरेका प्रहरी निरीक्षक साजन शर्माले बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस