२०८१ श्रावण १२, शनिबार
नयाँ
पछिला अपडेट

संविधानमा हक सुनिश्चित भए पनि व्यवहारमा छैन: वक्ताहरु

२०८० फागुन ५, शनिबार प्रकाशित ( महिना अघि) २८५ पाठक संख्या

काठमाडौं । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूको सवाल बारे संविधानमा व्यवस्था भएपनि व्यवहारमा कार्यन्वयन नभएको कार्यक्रमका वक्ताहरूले बताएका छन् ।

मितिनी नेपालको आयोजनामा काठमाण्डौमा भएको एक कार्यक्रममा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरू भित्रको विविधता उपर बहस हुँदै गर्दा कानुनगत समस्याहरू लाई उठान गरिएको थियो । कार्यक्रममा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका ज्येष्ठ नागरिक सुकुमाया मगरले, राज्यले एकल र ज्येष्ठ नागरिक महिलालाई भत्ताको व्यवस्था गरेको छ भने समलिङ्गी महिलाको हकमा राज्यबाट कुनै सेवा सुविधा नभएको बताउनु भयो, यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय भित्र ज्येष्ठ नागरिकहरूको हक अधिकारबारे कानून पुरै अनविज्ञ रहेको र समाजले पनि स्वीकार गर्न नसकेको मगरले गुनासो गर्नु भयो ।

यसैगरी यौनलाई पेशा बनाएर जीविको पार्जन गरिरहेका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरू उपर धेरै चुनौति रहेको मायाको सन्सारको अध्यक्ष सुनिता लामाले बताउनु भयो । यौन पेशालाई घर समाज र राज्यले स्वीकार गर्दैन , सँधै जसो अपराधीको दृष्टिकोणले हेर्ने र खुलेर म यौन श्रमिक महिला हु भन्न सक्ने वातावरण नभएको कारणले गर्दा यौन श्रमिकहरू पेशा लुकाएर बाच्नु पर्ने अवस्था रहेको सुनिताको गुनासो थियो ।
सोही कार्यक्रममा मितिनी नेपालका संस्थापक अध्यक्ष लक्ष्मी घलानले, राज्यले मुल कानूनमा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको बारे लैङ्गिक पहिचान सहितको नागरिकता दिन व्यवस्था गर्यो तर कार्यन्वयन तहमा लैङ्गिक पहिचानको नागरिकता लिन जाँदा आफु नग्न हुनु पर्ने अवस्था विद्यमान रहेकोले राज्यले यसलाई सच्चाउन आवश्यक रहेको घलानको जिकिर रहेको थियो ।

कार्यक्रममा समलिङ्गी महिला कुसुम सुनुवार, अशोक कोइराला, सम्झना कुमारी विश्वकर्माले यौनिक पहिचान बारे घर परिवार र समाजबाट खेप्नु परेको चुनौतीहरूको बारेमा बताएका थिए । यसैगरी मितिनी नेपालकी कार्यकारी निर्देशक सरिता केसीले यौनिक तथा लैङ्गिक अल्पसंख्यक भित्र रहेको विविधता उपर जानकारी दिनु भएको थियो ।

यौनिक तथा लैङ्गिक अल्पसंख्यक व्यक्तिहरू उपर केही कानुनी प्रगतिहरू भए तापनि परिवार, शिक्षक, सहकर्मी, प्रहरी र स्वास्थ्य सेवा प्रदायकबाट विभिन्न किसिमका हिंसाहरुको सामना गर्दै आइरहेका छन् ।
मितिनी नेपाल सन २००५ मा स्थापना भएको सस्था हो । यौनिक तथा लैङ्गिक अल्पसख्यक समुदायको मानव अधिकारको संरक्षण तथा सम्वर्द्धन गर्दै सम्मानित जीवन जिउन सामाजिक सांस्कृतिक आर्थिक कानूनी तथा राजनैतिक अधिकार सहितको समतामूलक समाज निर्माण गर्ने संस्थाको उद्देश्य रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस