२०८२ बैशाख १९, शुक्रबार
नयाँ
पछिला अपडेट

कावासोतीकी ममता मोटरसाइकलले थिचेको अवस्थामा शव फेला

२०८० पौष २८, शनिबार प्रकाशित ( साल अघि) २८५१८ पाठक संख्या

नवलपुर । भक्तपुरमा मोटरसाइकलले थिचेको अवस्थामा कावासोतीकी युवतीको शव फेला परेको छ । बुधबार दिउसो १६ः३० बजे सुर्यविनायक नगरपालिका – ९ पलासे फनभ्याली नजिक मोटरसाइकल दुर्घटना भई सोहि मनेटरसाइकलले थिचेको अवस्थामा प्रहरीले महिलाको शव फेला पारेको जनाएको छ।

उक्त शव छ भन्ने जानकारी प्राप्त हुनासाथ प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरी टोली घट्नास्थल पुगेको थियो । त्यस क्रममा प्रहरीले अरनिको राजमार्गको साँगाबाट जगातीतर्फ आउने बाटोको साईडमा सडकवाट करिव ३० फिट तल खसेको अव्यवस्थामा प्रदेश २–०३-०१९ प १०५८ नम्बरको बुलेट मोटरसाइकल दुबै पाङ्ग्रा उत्तानो परी  महिलालाई थिचेको अवस्थामा फेला पारेको हो।

प्रारम्भिक अनुसन्धानको क्रममा निज मृतक युवती नवलपरासी जिल्ला कावासोती घर भई हाल काठमाण्डौ कोटेश्वर बस्ने बर्ष २२ कि ममता सुबेदी रहेको प्रहरीले जनाकारी दिएको छ । शव पोष्टमार्टमको लागि केएमसी अस्पताल दुवाकोट लगिएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी गराएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४२%७%३६%१०%२२९%३०%

प्रतिक्रिया दिनुहोस