२०८२ श्रावण ५, सोमबार
नयाँ
पछिला अपडेट

मध्यविन्दु जिल्ला अस्पतलमा हाडजोर्नीको शल्यक्रिया शुरू

२०८० पौष २१, शनिबार प्रकाशित ( साल अघि) ९४२ पाठक संख्या

कावासोती । नवलपुरको जिल्ला अस्पताल मध्यविन्दु जिल्ला अस्पतालमा हाडजोर्नीको शल्यक्रिया शुरू भएको छ।

बिहीबार ६२ बर्षिया लिलाधर मुसालको खुट्टाको गोलीगाठीको अप्रेशन सफलता पूर्वक सम्पन्न भएसंगै जिल्ला अस्पतलमा हाडजोर्नीको अपरेशन औपचारीका रूपमा शुरु भएको जिल्ला अस्पताल संचालक समितिका अध्यक्ष बालकृष्ण घिमिरेले जानकारी दिनुभयो ।

सो अपरेशन हाडजोनी तथा नशा रोग विशेषता राजन कंडेलको चिकित्सक टोलीले सफलतापूर्वक सम्पन्न गरेको अस्पतालका व्यवस्थापक बसन्त खनालले बताउनुभयो।

हाडजोर्नी तथा नसारोगका विरामीहरू नवलपुरका अस्पतालमा उपचार नभएर अन्य जिल्ला धाउनुपर्ने समस्याको अन्त्य भएकोमा आफुलाई खुशी लागेको कावासोतीका घिराज भट्टराईले बताउनुभयो ।

जिल्ला अस्पतालले पछिल्लो अवस्थामा सेवाग्राहीकालागि धेरैनै मेहनत गरेको र अव थप सेवा सुविधाकालागि सरोकार पक्षबाट आवश्यक पहल हुनुपर्ने कावासोती आयुर्वेदका बेदाचार्य गोविन्द पौडेलले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
७%

प्रतिक्रिया दिनुहोस