२०८२ बैशाख २१, आईतबार
नयाँ
पछिला अपडेट

देवचुली जीप दुर्घटना अपडेट : मृतक चार जनाको परिचय खुल्यो

२०८० कार्तिक २६, आईतबार प्रकाशित ( साल अघि) १२०४ पाठक संख्या

मध्यविन्दु । देवचुली नगरपालिका–९ मा जीप दुर्घटनामा परी मृत्यु भएका ६ जनामध्ये चारको परिचय खुलेको छ ।

बौदीकाली गाउँपालिका माझडाँडाबाट दलदले बजारतर्फ आउँदै गरेको लु १ ज ३२७० नम्बरको जीप देवचुली नगरपालिका–९ गोरेघुम्तीमा दुर्घटना हुँदा तीन महिला र तीन पुरुषको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा जीप चालक बौदीकाली–६ माझडाँडाका २६ वर्षीय बहादुर आले मगर, सोही ठाउँका ५५ वर्षीय टेकमान ओनटाकी मगर, ५२ वर्षीया कुमारी राना तथा बुलिङटार गाउँपालिका–४ चुलिबोझाकी १२ वर्षीया करिष्मा ठाडा रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले जानकारी दिनुभयो ।

त्यस्तै दुर्घटनामा गम्भीर घाइते हुनुभएका मध्यबिन्दु – २ कोल्हुवा बस्ने बर्ष १८ चिरन अर्यालको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचार भैइरहेको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%२%१%१४%१%

प्रतिक्रिया दिनुहोस