२०८२ फागुन ५, मंगलबार
नयाँ
पछिला अपडेट

अमेरिकामा भयानक गोलीकाण्ड, एउटैले सिध्याए २२ जना

२०८० कार्तिक ९, बिहिबार प्रकाशित ( साल अघि) ७४२ पाठक संख्या

अमेरिका । एक बन्दुकधारीको अन्धाधुन्ध गोलाबारीबाट अमेरिकाको ल्युइस्टन शहरमा २२ जनाको ज्यान गएको छ। यो शहर अमेरिकाको मेने राज्यमा पर्छ।

समाचार संस्था सीएनएनले घटनाको पुष्टि गर्दै एउटै व्यक्तिबाट विभिन्न दुई ठाउँमा भएका गोलाबारीमा थप ६० जना घाइते भएका बताएको छ। ती व्यक्तिले खुलेआम पसल, रेस्टुरेन्ट लगायतमा आक्रमण गरेका थिए। ल्युइस्टिन प्रहरी विभागले ती बन्धुकधारीको पहिचान गरिसकेको छ। उनी ५० वर्षका रोबर्ट कार्ड भएको बताइएको छ।

प्रहरीले उनी सशस्त्र र खतरनाक भएकाले सचेत रहन आग्रह गरेको छ। प्रहरीले बन्धुकधारीको खोजी गरिरहेको छ।

घटनाबारे अमेरिकी राष्ट्रपति जो बाइडेनले दुःख व्यक्त गरेका छन्। उनले मेने राज्यका विभिन्न उच्च अधिकारीहरूलाई फोन गरेर घटनाको अवस्था बुझ्दै केन्द्रबाट सहयोग गर्ने बताएका सीएनएनले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस