नवलपरासी । रुपन्देहीमा खोलामा डुबेर २ जनाको मृत्यु भएको छ भने एकजना वेपत्ता भएका छन् ।
दशैंको दुर्गा भवानीको मुर्ती विसर्जन गर्न गएका हजारौंमध्ये ३ जना जिल्लाको कोटहीमाई १ अमरजगञ्जस्थित दुई मुहान खोलामा डुबेर बेपत्ता भएका थिए ।
जसमध्ये २ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका प्रहरी निरीक्षक किशोर केसीले बताए ।
मृत्यु हुनेमा सोही गाउँका २४ वर्षीय अजयकुमार नाऊ र १८ वर्षीय अजय भर रहेका छन् । बेपत्ता हुनेमा २८ वर्षीय सन्तकुमार राजभर रहेका छन् ।
उनको खोजी भइरहेको प्रहरी निरीक्षक केसीले जानकारी दिए । विजया दशमीका दिन मंगलवार दिउँसो डेढ बजे गाउँका हजारौं मानिस मुर्ती विसर्जन गर्न उक्त खोलामा गएका थिए ।