२०८२ बैशाख २२, सोमबार
नयाँ
पछिला अपडेट

बडादसैंको छैटौं दिन कात्यायनी माताको आराधना गरिँदै

२०८० कार्तिक ३, शुक्रबार प्रकाशित ( साल अघि) ४१५ पाठक संख्या

मध्यविन्दु । बडादसैंको छैटौं दिन आज नौ दुर्गामध्ये कात्यायनी देवीको आराधना गरिएको छ । कात्यायनी भगवतीको पूजा गरे रोग, शोक, भय, दुःखजस्ता संकट नाश हुने धार्मिक विश्वास छ ।

यस दिन ७ वर्षीया कन्यालाई ‘चण्डिका’ नामले पूजा गरिन्छ र विशेष रूपमा उनलाई अलंकार वा गरगहना चढाइन्छ । देवकार्य सिद्ध गर्न माता भवानी स्वयं कात्यायन ऋषिको आश्रममा पैदा भएको जनविश्वास छ । कात्यायनी देवीलाई ब्रह्माण्डीय सम्पूर्ण केन्द्र शक्तिको स्वरूप मानिन्छ । उनलाई विशेषगरी गुलिया परिकार प्रिय रहेकाले विभिन्न प्रकारका मिष्ठान्न अर्पण गर्नुपर्ने मान्यता छ ।

IMG 20231017 WA0031

नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती, श्रीमद देवी भागवतलगायत देवी स्त्रोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ ।

नवरात्रको अवधिभर पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ ।

IMG 20231020 WA0009

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस