२०८२ फागुन ५, मंगलबार
नयाँ
पछिला अपडेट

चितवनमा दुईटा बस आपसमा ठोक्किँदा ३१ जना घाइते

२०८० आश्विन ८, सोमबार प्रकाशित ( साल अघि) २३९८ पाठक संख्या

चितवन । चितवनको खुरखुरेमा दुइटा यात्रुवाहक बस ठक्कर खाँदा ३१ जना घाइते भएका छन्।

दिउँसो साढे १ बजेतिर पोखराबाट गौरतर्फ जाँदै गरेको ग १ ख ७५३२ नम्बरको यात्रुवाहक बस र वीरगंजबाट काठमाडौंतर्फ जाँदै गरेको ना ७ ख ६०४१ नम्बरकको बस आपसमा ठोक्किएका हुन्।

दुर्घटनामा दुवै बसका चालकसहित ३१ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए। घाइते हुने एक जना भारतीय पनि छन्।

घाइतेहरूको चितवन मेडिकल कलेज, पुरानो मेडिकल कलेज र नेशनल सिटी हस्पिटलमा उपचार भइरहेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%१%२%१७%१%

प्रतिक्रिया दिनुहोस