२०८१ श्रावण १२, शनिबार
नयाँ
पछिला अपडेट

देवचुलीका डा.पाठकको लघुकथा सङ्रह “हाकिमको देश” बजारमा

२०८० आश्विन ३, बुधबार प्रकाशित (0 महिना अघि) ६२६ पाठक संख्या

कावासोती । देवचुली नगरपालिका ७ नवलपुरका सस्ट्रा डाक्टर मित्र पाठक काँचुली को तेस्रो कृति तथा दोस्रो लघुकथा सङ्रह “हाकिमको देश” सल्यानमा एक कार्यक्रम बिच बिमोचन संगै बजारमा आएको छ ।

उक्त पुस्तकको असोज ३ गते सल्यानमा एक कार्यक्रमका बीच बिमोचन भएको छ । भद्र सिङ बुढा (भद्र भास्वर) द्वारा लिखित तथा सम्पादित सल्यानको कपुरकोट गाउँ पालिकाले प्रकाशन गरेका दुई पुस्तकहरु कपुरकोट दर्पण र “आठ हजारी झ्याङा” संगै पाठकको लघुकथा सङ्रह “हाकिमको देश” को  पनि बिमोचन भएको हो ।

पुस्तक गाउँ पालिकाका अध्यक्ष दुर्गा बहादुर पुन र उपध्यक्ष प्रकाश भरारीले गर्नु भएको थियो। लघुकथा सङ्रहको प्रकाशकमा कथाकारका आफ्नै मित्र हाल अस्ट्रेलिया निवासी दिपक पाण्डे छन भने मुख्य बितरणको जिम्मा सम्पूर्ण किताब नारायणगढले लिएको छ ।

IMG 20230920 WA0006

पुस्तकमा भुमिका अनुभवी लघुकथाकार  खेमराज पोखेरल को छ भने शुभकामना मन्तब्य लघुकथा समाजका अध्यक्ष श्रीओम श्रेस्ठ रोदनले दिनुभएको छ । सुद्दा सुद्दी हेर्ने कार्य श्रीराम राइले गर्नु भएको छ । पुस्तक भित्रका ६२ कथा मध्ये “हाकिमको देश” शिर्सक मा दुई कथा रहेका छन । ती दुई मध्ये एकले यो देशमा राजनीतिक र प्रशासनिक हाकिम हरु हाबी छन भन्न खोजेको छ भने अर्को कथाले हामी जनता पनि दिनानु दिन अल्छि हुँदै गएका छौं काम रोज्न थालएका छौ र काम चोर भएका छौं भन्ने तथ्य लाई ब्याङ्ग्यात्मक पारामा प्रस्तुत गरिएको छ ।

साथै सल्यानको कपुरकोट गाउँ पालिकाले प्रकाशन गरेका भद्र सिंह बुढा मगर (भद्र भास्वर)ले लेख्नु तथा सम्पादन गर्नु भएका  दुई पुस्तकहरु कपुरकोट दर्पण र “आठ हजारी झ्याङा” मध्ये “कपुरकोट दर्पण को समालोचना साहित्यकार  डा प्रेम योगिले र आठ हजारी झ्याङा” को समलोचना डा. पाठकले गर्नु भएको थियो भने “हाकिमको देश” को समालोचना गाउँ पालिकाका प्रमुख प्रशासकिय अधिकृत भरत वलीले गर्नु भएको थियो । “हाकिमको देश” पुस्तकको गृह बिमोचन तथा बिज्ञ समिक्षा नवलपुर कै देवचुली वा अन्य कुनै स्थानमा हुने पनि कथाकार डा पाठकले बताए ।   साठीको दशकबाट साहित्यिक कलम चलाएका डा.काँचुलीको यो भन्दा अगाडि लघुकथा सङ्रह “भलाद्मी श्रीमती २०६३” र गजल सङ्रह गजल आकाश २०७० प्रकाशित भै सकेका छन ।

IMG 20230920 WA0005

डा. पाठकका शब्द रचनामा दुई लोक तथा दोहोरी गीत एव ३ वटा स्वदेश गान समेत रेकर्ड छन् । सो अवसरमा शिक्षा दिवस २०८० को अवसरमा “नेपाल बिद्या भूषण क” लागि  बिभुसित हुन सिफारिस भएकोमा  डा. पाठक र नेपाल रास्टिय मा वि किमुचौरका प्र अ दामोदर शर्मालाई रास्ट्रिय शिक्षा पुरस्कार सिफारिस भएकोमा दोसल्ला ओडाएर सम्मान पनि गरिएको थियो । डा पाठक पेशाले वनस्पती बिभागमा कार्यरत वनस्पती बैज्ञानीक समेत हुन् र हाल उनी सल्यान स्थित वनस्पती अनुसन्धान केन्द्रमा कार्यरत छन्  ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%१%

प्रतिक्रिया दिनुहोस