२०८१ श्रावण १२, शनिबार
नयाँ
पछिला अपडेट

कावासोती खानेपानी संस्थाको महसुल दर घट्यो, कावासोती बासी खुसी

२०८० भाद्र २८, बिहिबार प्रकाशित (0 महिना अघि) ९७३ पाठक संख्या

कावासोती । नवलपुरको कावासोती स्थित कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले न्यूनतम महशुलमा २० रुपैयाँ घटाएको छ । संस्थाले न्यूनतम महशुलको रकम घटाए सँगै कावासोती बासी खुसी भएका छन् ।

निजी धाराका लागि प्रति महिना १० हजार लिटर पानी प्रयोग गर्दा लाग्ने १ सय २० रुपैयाँ शुल्कमा २० रुपैयाँ घटाएर १ सय रुपैयाँ र सामुदायिक धारामा लाग्ने न्यूनतम शुल्क २ सय २० रुपैयाँमा २० रुपैयाँ घटाएर २ सय रुपैयाँ कायम गरिएको कावासोती खानेपानीका अध्यक्ष दीपक लम्सालले बताउनुभयो ।

377246333_142564722223513_510028696510818254_n 1024x768

अध्यक्ष लम्सालका अनुसार सामुदायिक विद्यालय तर्फको पानी महशुलमा ५० प्रतिशत छुट दिने भएको छ । कावासोती खानेपानीको मंगलबार भएको साधारण सभाले पारित गरेका निर्णयहरु सार्वजनिक गर्न बुधबार खानेपानीको सभाहलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा यस्तो जानकारी गराइएको हो ।

त्यसैगरी खानेपानी तथा सरसफाई सम्बन्धि स्नातक तहमा इन्जिनियरिङ्ग गर्न चाहाने २ जना विद्यार्थीलाई प्रत्येक बर्ष ५० हजार रुपैयाँका दरले छात्रवृत्ति दिने निर्णय पनि गरिएको उहाँले बताउनुभयो ।

त्यसैगरी छिमेकी साना आयोजनाहरुसँग एकीकरण गरी क्षेत्र विस्तार गर्ने, कावासोती ३ र ५ मा पाइपलाइन सुधार तथा सुवा स्तरोन्नती गर्ने, आवश्यक प्रक्रिया पुरा गरी निवेदन दर्ता भएको २४ घण्टा भित्र धारा जडान गरिने, ४५० घनमिटरको थप एउटा ओभर हेड टंकी सञ्चालनमा ल्याउने जस्ता निर्णयहरु पारित भएको अध्यक्ष लम्सालले जानकारी गराउनुभयो ।

कावासोती खानेपानी अन्तरगत अहिलेसम्म ८ हजार ७ सय २ वटा धारा जडान गरिएको छ भने यस बर्ष ३ सय ९० धारा जडान गर्ने लक्ष्य राखिएको उहाँको भनाई छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
८%२%१%१%

प्रतिक्रिया दिनुहोस