२०८२ बैशाख २२, सोमबार
नयाँ
पछिला अपडेट

अर्बेनी न्यौपाने समाज नवलपुरद्वारा तीज मिलन कार्यक्रम

२०८० भाद्र २४, आईतबार प्रकाशित ( साल अघि) ८४९ पाठक संख्या

कावासोती  ।  गुल्मी अर्बेनी न्यौपाने सम्पर्क समाज नवलपुरको आयोजनामा तीज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न भएको छ ।

महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर तिजको शुभकामना आदानप्रदान गर्ने हेतुले तिज मिलन तथा दर खाने कार्यक्रम गरिएको तीज कार्यक्रम संयोजक पुरसोत्म न्यौपानेले जानकारी दिनुभयो।

गुल्मी जिल्लाको अर्बेनिबाट विभिन्न सिलसिलामा नवलपुरमा वस्नेहरुलाई एकिकृत गर्ने उद्देश्यले स्थापीत अर्बेनी न्यौपाने समाज नवलपुरले प्रत्यक वर्ष तीज मिलन तथा दर खाने कार्यक्रम गर्दै आएको छ।

Received_1027277778687228

कार्यक्रममा बोल्दै अतिथिहरुले महिलाहरूलाई हरितालिका तीजको शुभकामना दिनुभएको थियो ।  हरितालीका तीजको शुभकामना दिदै बर्षको एक पटक आउने तीजमा मात्र नभएर वर्षभरि नै समाजले गर्ने कार्यक्रमा सक्रियताको साथ उपस्थित हुन  दिदिबहिनीले अर्बेनि वासीलाई आग्रह गर्नु भएको थियो । कार्यक्रममा उपस्थित कमला न्यौपानेले नवलपुरमा छरिएर रहेका अर्बेनि वासीलाई एकतावद्ध गरी तीज मिलन गरेर संस्कृतिको जर्गेना गरेकोमा संस्थालाई धन्यावाद ज्ञापन गर्नुभयो ।

Received_276856045209644

कार्यक्रममा मौलिकता झल्किने तीज गीत महिला दिदी बहिनीहरुले आफै गाएर नाचेर मनोरञ्जन गर्नुभएको थियो । कार्यक्रम  कावासोती स्थित लुम्बिनी कलेजको नजिकै आमा समुहको भवनमा आयोजना गरिएको थियो । समाजका आजिवन सदस्य सहित आमा वुवा दाजुभाई दिदीवहिनी गरी ५ सयको संख्यामा उपस्थिति रहको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%३%१%

प्रतिक्रिया दिनुहोस