२०८२ श्रावण ११, आईतबार
नयाँ
पछिला अपडेट

विद्यालयमा बालबालिकालाई दुनाटपरी बनाउन सिकाइँदै

२०८० भाद्र २२, शुक्रबार प्रकाशित ( साल अघि) १४१२ पाठक संख्या

कावासोती । नवलपुरको मध्यबिन्दु नगरपालिका वडा नम्बर १० अरुणखोला स्थित श्री नारायणी ईग्लिश बोर्डिङ स्कुलका विद्यार्थीहरु दुनाटपरी बनाउन सिक्न थालेका छन् ।

विद्यालयमा अध्यनरत विद्यार्थीहरुले शुक्रबार बुक फ्रि डे कार्यक्रम अनुसार कक्षा ६,७,८ र ९ सम्मका विद्यार्थीहरु दुना टपरी बनाउने सिप सिक्न थालेका हुन् ।

आधुनिकताका नाममा परम्परागत दुनाटपरी बनाउने, बत्ती कात्ने चलन हराउँदै गएको अवस्थामा नारायणी विद्यालयले प्रयोगात्मकसँगै व्यवहारिक ज्ञान, सीप सिकाउने अभियान थालेको छ ।

IMG 20230907 WA0009

कक्षाकोठाभित्र पढाइने सैद्धान्तिक ज्ञानले मात्रै सिकाइ पूर्ण हुन नसक्ने वास्तविकतालाई आत्मसात् गर्दै यस बिधालयले विद्यार्थीमा व्यवहारिक ज्ञान, सीप सिकाउने उद्देश्यका साथ परम्परागतरूपमा चलनचल्तीका सीप सिकाउने कार्य गरिरहेको छ । यहाँ गाउँघर, समाजमा प्रयोगमा आउने दुनाटपरी, खेत रोप्ने र बत्ती तयार पार्ने जस्ता सीप सिकाउन थालिएको हो।

विद्यालयका बालबालिकालाई ब्यवहारिक शिक्षा दिने भन्दै दुना टपरी बनाउन सिकाएको नारायणी ईग्लिश बोर्डिङ स्कुलका प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले बताउनुभयो ।

प्रधानाध्यापक आचार्यका अनुसार बालबालिकालाई किताबी ज्ञानसँगै हाम्रो समाजमा हुनेगरेका विभिन्न प्रकारका ब्यवहारिक शिक्षा समेत प्रदान गर्नुपर्छ भन्ने उद्देश्यका साथ बालिबालिकालाई जिवन उपयोगी शिक्षा प्रदान गरिएको उहाँको भनाई छ ।

IMG 20230908 WA0008

विद्यालयको प्राङ्गणमा भएको दुनाटपरी कार्यक्रमको दृश्यले शिक्षक, अभिभावक, विद्यार्थीमा नयाँ कुरा सिक्ने र सिकाउने कार्यमा उत्साह थपिएको छ । बढ्दो आधुनिकताले गर्दा गाउँघरमा सबैले पुराना कुरा बिर्सिँदै गएको अवस्थामा विद्यालयमा सीप सिक्न पाउने र आफ्नो रितिरिवाज, चालचलन र सस्कृती जगेर्ना र संरक्षण गर्न अवसर मिलेको विद्यालयका छात्राहरुले बताए ।

IMG 20230907 WA0019

अहिलेलाई बिद्यालयले दुनाटपरी बुन्ने, बत्ती कात्ने , खेत रोप्ने  जस्ता सीप सिकाएको छ । विस्तारै समयनुसार विभिन्न सीप सिकाएर बिद्यार्थीहरुलाई दक्ष बनाउने विद्यालयका प्रबन्ध निर्देशक इन्जिनियर सुशील आचार्यले जानकारी गराउनु भयो । यसैगरि विद्यालयले बेलाबेलामा विद्यार्थीलाई जिवन उपयोगि शिक्षा प्रदान गर्ने उद्देश्यकासाथ काम गरिरहेको उहाँको भनाइ छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
११%१%१%१%

प्रतिक्रिया दिनुहोस