२०८२ श्रावण ११, आईतबार
नयाँ
पछिला अपडेट

सिंहदरबारमा आगो लगाउने बालेनको चेतावनी 

२०८० भाद्र १६, शनिबार प्रकाशित ( साल अघि) ६०८ पाठक संख्या

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सरकारलाई चोरु को संज्ञा दिँदै सिंहदरबारमा नै आगो लगाउने चेतावनी दिएका छन्।

मेयर शाहले काठमाडौं महानगरपालिकाको गाडी रोकिएकोप्रति आक्रोश व्यक्त गर्दै सिंहदरबारमा आगो लगाइदिने चेतावनी दिएका हुन् ।

उनले लेखेका छन्, आजको लागी केहि भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु। याद राख चोर सरकार।

महानगरपालिकाको मेयरले सरकारलाई चोरको संज्ञा दिनु गम्भीर विषय भए पनि उनले सामाजिक सञ्‍जाल फेसबुकबाट सिंहदरबारमा नै आगो लगाउने गैरजिम्मेवार अभिव्यक्ति दिएका छन्।

Screenshot_20230902 183613_Lite

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%३%

प्रतिक्रिया दिनुहोस