२०८२ बैशाख २३, मंगलबार
नयाँ
पछिला अपडेट

अपांगता भएका महिला तथा बालिकाको न्यायमा पहुँच बढाउन महानगरपालिका कटिबद्धः उपप्रमुख डंगोल 

२०८० भाद्र ६, बुधबार प्रकाशित ( साल अघि) ३७३ पाठक संख्या

काठमाडौं । अपाङ्गता भएका महिला तथा बालिकाहरूको  न्यायमा पहुँच बढाउन काठमाण्डु महानगरपालिका कटिबद्ध रहेको महानगरपालिका उप प्रमुख सुनिता डङ्गोलले बताउनु भएको छ । मङ्गलवार काठमाण्डौमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख डङ्गोलले प्रत्येक वडाहरूमा गठन गरिएको महिला सञ्जालले वडा स्तरमा नै समस्या समाधान गर्न सक्ने भएकोले यसको लागि न्यायिक समिति मै आउनु  पर्दैन । तर अहिलेसम्म अपाङ्गता भएकै कारण हिंसामा परेको उजुरी नआएको बताउनु भयो।

यसैगरी उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायब उपरीक्षक रविराज थपलियाले, अपांगता भएको आधारमा नै प्रहरी सेवाबाट बञ्चित हुनु पर्ने अवस्था नभएको र लैगिंक संवेदनशीलता प्रहरीको पहिलो धेय भएको जानकारी दिनु भयो । यदि अपांगता भएकै कारण सेवा बाट बञ्चित भएको अवस्था कँही देखिएको छ भने नजिकको प्रहरीमा जानकारी गराउन अनुरोध गर्नु भयो ।

कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिक निर्देशनालयका प्रहरी निरीक्षक शारदा थापाले, नेपाल प्रहरी भित्र लैगिंक हिंसा नियन्त्रण सञ्जाल गठन भएको र सञ्जाल मार्फत समाजिक विषयहरूको सबै सबालहरू सम्बोधन हुने  जानकारी दिनु भयो ।  नेपाल अपांग महिला संघले आयोजना गरेको उक्त कार्यक्रममा अपांगता भएका व्यक्तिहरूलाई हेर्ने नजर र गर्ने व्यवहार फरक भएको गुनासो गरिएको थियो । साथै संघले अपांगता भएका व्यक्तिहरूप्रति सभ्य शब्द चयन गर्न अनुरोध गरेको थियो ।  अपांग मैत्री भौतिक पूर्वाधारहरू नहुँदा सेवा लिन जान पनि अप्ठ्यारो परिरहेको कार्यक्रममा सरोकारवालाहरूले गुनासो गरेको थिए ।

अपांगता भएका महिला तथा बालिका प्रति हुने लैगिंक हिंसा सम्बन्धी एक दिने अभिभुखिकरण  कार्यक्रममा ट्राफिक प्रहरी महाशाखा, साइबर ब्युरोका , विभिन्न वृत्तहरूबाट प्रतिनिधि , जिल्ला सरकारी वकिल तथा काठमाण्डु महानगरपालिका अन्तर्गतका विभिन्न वडाहरूका सदस्यहरूको उपस्थिति रहेको थियो । कार्यक्रमलाइ नेपाल अपांग महिला संघकी उपाध्यक्ष मिना पौडेल र महासचिव देवु पराजुलीले सहजीकरण गर्नु भएको  थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस