२०८२ पौष १८, शुक्रबार
नयाँ
पछिला अपडेट

काठमाडौंबाट बेनी जाँदै गरेको बस त्रिशुलीमा खस्दा ८ जनाको मृत्यु (अपडेट)

२०८० भाद्र ६, बुधबार प्रकाशित ( साल अघि) ७४१ पाठक संख्या

काठमाडौं । काठमाडौंबाट पोखरा हुँदै म्याग्दी सदरमुकाम बेनी जाँदै गरेको बस धादिङको गजुरीमा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ।

धादिङका जिल्ला प्रहरी प्रमुख एसपी गौतम मिश्रका अनुसार दुर्घटनामा ८ जनाको मृत्यु भएको हो।

मृतकमध्ये २ जना महिला र ६ जना पुरूष छन्। घाइते ८ जनाको उद्धार भएको छ।

गजुरी गाउँपालिकाका उपाध्यक्ष शर्मिला बिसुरालले घाइते पाँच जनालाई काठमाडौं पठाइएको बताइन्।

‘गजुरीको छहरानजिकैबाट त्रिशुलीमा बस खसेको हो। बसको आधा भाग पानीमा डुबेको अवस्थामा छ। घाइतेहरूको उद्धार गरी, गजुरी स्वास्थ्य चौकी, गजुरी अस्पताल र राजमार्ग अस्पतालमा उपचार भइरहेको छ। गजुरी अस्पतालमा उचार सम्भव नभएका ५ जनालाई काठमाडौं पठाइएको छ,’ उनले भनिन्। घटनाबारे विस्तृत विवरण आउँदै छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस