२०८२ फागुन ६, बुधबार
नयाँ
पछिला अपडेट

नवलपरासीमा जंगली च्याउ खाँदा एकै घरका चारजना बिरामी

२०८० श्रावण ३०, मंगलबार प्रकाशित ( साल अघि) ९८१ पाठक संख्या

नवलपरासी । नवलपरासीको बर्दघाटमा जंगली च्याउ  खाँदा एकै घरका चारजना बिरामी परेका छन्।

वडा नम्बर १४ आवास टोलका ब्रमा लोहारका चार छोराछोरी बिरामी परेको प्रहरीले जानकारी दिएको छ।

१५ वर्षीया अनुपा लोहार, ११ वर्षीया आँचल लोहार, ९ वर्षीया अनु लोहार र किसान लोहार बिरामी परेका हुन्।

शहीद स्मृति सामुदायिक अस्पतालमा उनीहरूको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले बताए।

उनीहरूले सोमबार साँझ च्याउको तरकारी खाएका थिए। यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%२%

प्रतिक्रिया दिनुहोस