२०८२ श्रावण ११, आईतबार
नयाँ
पछिला अपडेट

नारायणी नदीमा एक युवा डुवेर वेपत्ता, खोजी गर्दापनि भेटिएन

२०८० अषाढ ३१, आईतबार प्रकाशित ( साल अघि) ९४८ पाठक संख्या

चितवन । नारायणी नदीमा डुवेर एक युवा वेपत्ता भएका छन् ।

शनिवार साँझ ६ः२० बजेको समयमा भरतपुर महानगरपालिका ४ गैडाचोकस्थित नारायणी नदी किनारमा पौडी खेल्न गएका मकवानपुरको हेटौडा उपमहानगरपालिका ९ का २५ वर्षिय कृष्ण सुवेदी वेपत्ता भएका हुन् ।

उनि डुवेको खबर प्राप्त गर्नासाथ वडा प्रहरी कार्यालय नारायणगढको टोली घटनास्थलमा पुगेको थियो ।

वेपत्ता युवाको खोजी गर्दापनि नभेटिएको प्रहरीले जनाएको छ । आइतबार बिहानैबाट पुन उनको खोजी हुने चितवन प्रहरीले जनाएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%२%

प्रतिक्रिया दिनुहोस