२०८२ कार्तिक २३, आईतबार
नयाँ
पछिला अपडेट

कावासोतीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका बालक मृत फेला

२०८० अषाढ १७, आईतबार प्रकाशित ( साल अघि) १४३४ पाठक संख्या

कावासोती । शनिबार साझ कावासोतीको बाडखोलमा पौडी खेल्न क्रममा बेपत्ता भएका १० वर्षीय बालक मृत अबस्थामा फेला परेका छन् ।

आज कावासोती नगरपालिका–७ रामनगर टोलका अप्सन अधिकारीकाे शव बाणखाेलामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक गाेपाल प्रसाद चालिसे जानकारी दिए।

उनले भने, “हिजो साझदेखि रातिसम्म पनि प्रहरीले खोजतलास गरे पनि फेला पर्न सकेको थिएन तर आज बिहानैदेखि पुनः खोजतलासी गर्दा खाेलाकाे दलदलमा भेटिएको थियो।

जिल्ला प्रहरी कार्यालय नवलपुरबाट अनुसन्धान टोली आएर मुचुल्का उठाएर शवपरीक्षणका लागि मध्यविन्दु जिल्ला अस्पताल लगेको उनले जानकारी दिए ।

घरदेखि ५ सय मिटरको दुरीमा रहेको बाडखोलमा बेपत्ता भएका बालककाे नेपाल प्रहरी , आर्मी सँगसँगै स्थानियकाे सहयोगमा  खोजी कार्य भएको थियोे ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१२%१%२७%

प्रतिक्रिया दिनुहोस