२०८२ फागुन ६, बुधबार
नयाँ
पछिला अपडेट

प्रदेशस्तरीय महिला फुटबलको उपाधि नवलपुरलाई

२०८० जेष्ठ २६, शुक्रबार प्रकाशित ( साल अघि) ७४९ पाठक संख्या

नवलपुर ।  गण्डकी प्रदेशस्तरीय महिला फुटबलको उपाधि नवलपुरले जितेको छ। नवलपरासीपूर्व नवलपुरको कावासोतीमा सम्पन्न फाइनल खेलमा नवलपुरले स्याङ्जालाई ५–१ गोलअन्तरले पराजित गरेको हो।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सेतबहादुर पुनका अनुसार विजेता नवलपुरले रु ५० हजार पुरस्कार प्राप्त गर्‍यो। उपविजेता स्याङ्जाले रु ३० हजार प्राप्त गर्‍यो। प्रतियोगिताका सबै खेल कावासोतीको सरस्वती माविको खेलमैदानमा खेलाइएका थिए।

प्रदेश खेलकुद परिषद् गण्डकीको प्रायोजन र जिल्ला खेलकुद विकास समितिको आयोजनामा प्रतियोगिता आयोजना भएको हो। प्रतियोगितामा नवलपुर, स्याङ्जा, तनहुँ, लमजुङ र गोरखाको सहभागिता थियो।

महिला फुटलब खेलाडी उत्पादन गर्ने उद्देश्यका प्रदेश खेलकुद परिषद् गण्डकी प्रदेशको सहयोगमा प्रतियोगिता आयोजना गरिएको अध्यक्ष पुनले बताए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस