२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

निर्वाचित पालिका अध्यक्ष राधेश्याम चाैधरी र प्रदिप अग्रहरीले दिए स्वतन्त्र उम्मेदवारी

२०७९ बैशाख १३, मंगलबार प्रकाशित ( साल अघि) ९०२ पाठक संख्या
नेपाली काङ्ग्रेसले टिकट वितरणमा चरम गुटबन्दी गर्दै एउटै टिमकाे अध्यक्ष उपाध्यक्ष दिइएको भन्दै पार्टीको उक्त निर्णयबाट असन्तुष्ट चाैधरी र अग्रहरी स्वतन्त्र उम्मेदवारी दिएका हुन्।२०७४ सालमा अध्यक्षमा निर्वाचित चाैधरीलाई पार्टीले टिकट नदिएपछि स्वतन्त्र रुपमा दोस्रो कार्यकालका लागि उनले उम्मेदवारी दिएका हुन्।

नेपाली काङ्ग्रेस जिल्ला कार्यसमितिकाे संसदीय टिमले चरम गुटबन्दी गरि टिकट वितरण गरेको भन्दै अाफु घाेर अाप्पति ब्यक्त गर्दै बाध्य भएर अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दर्ता गर्नुपरेको चाैधरीले बताए।

उम्मेदवारी दर्ता गर्दै चाैधरीले ‘हाम्रो सरावल हामी बनाउँछौं’ भन्ने अभियानका साथ आफूले अध्यक्ष पदमा उम्मेदवारी दिएको बताउँदै पालिकाबासीले जिताउनेमा विश्वस्त रहेको जनाए ।

त्यस्तै प्रदिप कुमार अग्रहरीले नेपाली काङ्ग्रेस यश चुनावमा चरम गुटबन्दी गरि टिमगत रुपमा टिकट वितरण गरेको अाप्पति ब्यक्त गर्दै अाफु गाउँपालिका उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएको बताउनु भएको हाे ।

अग्रहरीले सरावल गाउँपालिकाकाे समग्र बिकासकाे लागि जनताकाे मनाेभावना अनरुप काम गर्ने प्रतिनिधि पात्रका रुपमा आएको बताउदै अध्यक्षमा राधेश्याम चाैधरी र उपाध्यक्षमा अाफुलाई विजयी गराउनुहुन सबै पालिका बासिमा अनुरोध गर्नुभएको हाे।

त्यस्तै पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ४ का नेपाली काङ्ग्रेसबाट निर्वाचित वडा अध्यक्ष छाेटेलाल यादवले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन ।

पार्टीले जनमतकाे कदर नगर्दै अाफुलाई टिकट नदिइएको भन्दै वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस