२०८१ बैशाख ८, शनिबार
नयाँ
पछिला अपडेट

विपद व्यवस्थापनमा युएसआइडीको तयार नेपालले निजी क्षेत्रलाई संलग्न गराउने 

२०७८ फागुन १२, बिहिबार प्रकाशित ( साल अघि) १००८ पाठक संख्या
फाल्गुन ११ काठमाण्डु
 विपद व्यवस्थापन तथा प्रकोप प्रतिरोधका लागि युएसआइडीको तयार नेपालले निजी क्षेत्रलाई पनि संलग्न गराउने भएको छ । प्राक्टिकल एक्सन कन्सल्टिंगद्धारा काठमाण्डौमा आयोजित एक कार्यक्रममा तयार नेपालले विपद् व्यवस्थापनमा योगदान पुर्याउन र दिगो समाधानको लागि निजी क्षेत्रलाई संलग्न गराउने र नवीन पहलको लागि डिआरआरएम प्राइभेट सेक्टर इनोभेसन च्यालेन्ज आयोजना गर्ने बताएको छ ।
तयार नेपालकी पार्टी प्रमुख ट्यामी ह्यारिसले नेपालको विपद जोखिम व्यवस्थापन र पुर्व तैयारीमा संस्थाहरूको क्षमता र निजी क्षेत्रको नवप्रवर्तक चुनौतीको दृष्टिकोणलाई बलियो बनाउने बारे जानकारी दिनु भएको थियो । त्यसैगरी प्राक्टिकल एक्सन कन्सल्टिंगमा निजी क्षेत्रको लिड मिलन जोशीले प्राइभेट सेक्टर इनोभेसन च्यालेनज एउटा यात्राको प्रारम्भ भएको र  जसको गन्त्व्य नेपालमा विपद जोखिम न्यूनिकरणमा निजी क्षेत्रको गहन संलग्नता हो भन्ने कुरामा जोड दिनु भएको थियो । त्यसैगरी श्रीनगर ग्रुप अफ कम्पनिजकी  निर्देशक मौसमी श्रेष्ठले विपद जोखिम न्यूनिकरणमा नयाँ आइडियाहरू र स्टार्टअपहरुलाइ यस अवसरको फाइदा लिन आग्रह समेत गर्नु भयो ।
प्राइभेट सेक्टर इनोभेसन च्यालेन्जको अवधिमा, नेपालभरका सम्भावित स्टार्टअपहरु अवस्थित व्यवसायहरूबाट आवेदनका लागि एसएमएस तथा खुला कल मार्फत आवेदनहरू दिन सकिने र प्राप्त  निवेदनहरू मध्येबाट १० नवीन व्यवसायहरूलाई  ५ दिने बुट क्याम्पको लागि छनोट गरि व्यवसाय सम्बन्धी सीप र तालिम उपलब्ध गराइने बताइएको छ ।
फागुन ९ देखि चैत्र ७ गतेसम्म खुला आवेदन माग गरिएको  छ । एक महिनाका लागि खुल्ला गरिएको विपद् व्यवस्थापन परियोजनामा नयाँ नयाँ संस्थाहरूलाई प्रवेश गराई व्यावसायिक रूपमा अघि बढ्न सीप सिकाउने र बाटो देखाउने यूएसआईडीको उद्देश्य समेत रहेको कार्यक्रममा बताइएको छ ।
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस