२०८१ बैशाख १३, बिहिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा फेरी असार ७ गतेसम्मका लागी निषेधाज्ञा थपियो

२०७८ जेष्ठ ३०, आईतबार प्रकाशित ( साल अघि) ३३६४ पाठक संख्या

कावासोती । पुर्वी नवलपरासीमा जेठ ३१ सम्म रहेको निषेधाज्ञाको समयलाई बढाएर असार ७ सम्म पुर्‍याईएको छ ।

जिल्ला प्रशासन कार्यालयमा आज बसेको डिसिएमसीको बैठकले असार ७ सम्म निषेधाज्ञा लगाउने निर्णय गरेको हो ।

 

निषेधाज्ञाको समयमा निषेधित कार्यहरु

सार्वजनिक भेला, जमघट, समारोह सम्बन्धमा
क) सबै प्रकारका भेला सम्मेलन, धार्मिक, सांस्कृतिक, सामाजिक गतिविधिहरु गर्नका लागि जमघट गर्न गराउन नपाइने ।

ख) सार्वजनिक खेलकुद, नाच, मेला, जात्रा महोत्सव, भोजभतेर र हाटबजार तथा भीडभाड हुने कुनै पनि कार्यक्रम सञ्चालन गर्न गराउन नपाइने ।

ग) मन्दिर, गुम्बा, चैत्य, बिहार, मस्जिद, चर्च आदिमा सामूहिक भेला हुने खालका कुनै पनि कार्यक्रम गर्न नपाइने ।
घ) कुनै पनि प्रकारका सभा, गोष्ठी, तालिम, सेमिनार, जुलुश वा प्रदर्शन जस्ता कार्य गर्न गराउन नपाइने ।
ङ) खेलकुदस्थल, मनोरन्जन स्थल, शारीरिक सुगठन गर्ने स्थल, स्वीमिङ्ग पुल तथा जिमखाना, फिटनेस सेन्टर, सामुहिक खेलकुद, पार्टी प्यालेस, सैलुन तथा ब्युटिपार्लरहरु सञ्चालन गर्न नपाइने ।
च) विद्यालय, कलेज, ट्युसन सेन्टर तालिम केन्द्र लगायतका संस्थामा विद्यार्थी शिक्षक भौतिक रुपमा भेला भई गराइ सिकाइ गतिविधि संचालन गर्न नपाइने ।

सार्वजनिक तथा नीजि सवारी संचालन सम्बन्धमा
क) सार्वजनिक तथा नीजि यात्रुबाहक सवारी साधन संचालन गर्न नपाइने ।
ख) खाद्यवस्तु, पानी तथा अत्यावश्यक सामाग्री बोकेको ढुवानीका सवारी साधन, बिरामी तथा कुरुवा बढीमा (२ जना) बोकेको एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन बाहेक अन्य सवारी साधन यस जिल्लामा प्रवेश गर्न रोक लगाउने ।

अत्यावश्यक खाद्य सामग्री सम्बन्धमा
क) तरकारी, फलफूल, दुध तथा दुग्धजन्य पदार्थ र खाद्यान्नका पसल हरेक बिहान ६ बजे देखी बजे सम्म (३ घण्टा मात्र) र साझ ५ बजे देखि ७ बजे सम्म (२ घण्टा) खोल्न पाइने तर तरकारी, फलफूल, दुध तथा दुग्धजन्य पदार्थ दुवानी साधनबाट ल्याइएका खाद्य सामग्रीहरु अन्य समयमा गर्न सकिने ।

गर्न पाइने कार्यहरु

जिल्ला भित्रका सरकारी कार्यालय तथा सार्वजनिक संस्थान तथा गैरसरकारी संस्थाले न्यूनतम जनशक्तिबाट आलोपालो गरी अतिआवश्यक सेवालाई तोकिएका स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्ण रुपमा पालना गरी सञ्चालन गर्ने ।

विवाह तथा व्रतबन्धको हकमा बढीमा १० जनासम्म स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै आफ्नै घरमा मात्र विवाह व्रतबन्ध गर्ने ।

), अत्यावश्यक सेवाहरु जस्तै एम्बुलेन्सखानेपानीस्वास्थ्यखाद्यान्नतरकारीफलफूलदुध तथा दुग्धजन्य पदार्थबैंकवित्तिय संस्थादुरसंचारइन्टरनेटआइसोलेसनकुरियरडाँकफोहरमैला व्यवस्थापन लगायतका दुवानीका साधन जिल्ला भित्र संचालन गर्न पाउने

घ) विकास निर्माणसँग सम्बन्धित आयोजनाका सामग्री बोकेका दुवानीका साधनस्वास्थ्य संग सम्बन्धित अत्यावश्यक सामग्री बोकेका दुवानी साधनकृषिजन्य सामग्री लगायतका सवारी साधन जिल्ला भित्र संचालन गर्न पाउने ।
ङ) सरकारी कार्यालयबैंकवित्तिय संस्था तथा अत्यावश्यक सार्वजनिक सेवा प्रदायक संस्थाको कर्मचारीको हकमा कर्मचारी परिचयपत्र प्रयोग गरी कार्यालय प्रयोजनमा कार्यलय समय भित्र जिल्ला आवागमन गर्न पाइने ।

अन्तराष्ट्रिय उडानबाट विदेश जाने यात्रुहरुको हवाइटिकटपासपोर्ट र भिषा हुनेलाई सिधै एयरपोर्ट जाने सवारी साधनको लागि सहजीकरण गर्ने ।
संचारकर्मी पत्रकारको हकमा सूचना संकलन र सम्प्रेषण गर्न सूचना विभागले जारी गरेको परिचयपत्रको आधारमा आवत जावत गर्न दिने।
ज) उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थ उद्योगसम्म र उद्योगबाट उत्पादन भएको मालवस्तु बजारसम्म सहज निकासी आपूर्तीको व्यवस्था मिलाउने ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
७%१%३%१%३%५%

प्रतिक्रिया दिनुहोस