२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

चाइनिज ताइपेईमाथि नेपालको शानदार जित

२०७८ जेष्ठ २१, शुक्रबार प्रकाशित ( साल अघि) २०८९ पाठक संख्या

काठमाडाैं : फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ को छनोटअन्तर्गत समूह चरणको छैटौं खेलमा नेपालले चाइनिज ताइपेईमाथि सहज जित दर्ता गरेको छ।

भर्खरै सकिएको खेलमा नेपालले ताइपेईलाई २-० गोल अन्तरले हराएको हो। सन् २०२२ मा कतारमा हुने विश्वकप तथा २०२३ मा चीनमा हुने एसिया कपको संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको छनोट खेलमा नेपाल चाइनिज ताइपेईमाथि हावी भएको थियो ।

कुवेतको कुवेत सिटी खेल मैदानमा भएको खेलमा नेपालले अन्जन विष्टको गोलमा सुरुवाती अग्रता लिएको थियो । पहिलो हाफमा १–० ले अघि रहेको नेपाल दोस्रो हाफमा थप एक गोल गरेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस