२०८१ बैशाख १२, बुधबार
नयाँ
पछिला अपडेट

मोरक्कोलाई हराउँदै फ्रान्स विश्वकप फुटबलको फाइनलमा

२०७९ मंसिर २९, बिहिबार प्रकाशित ( साल अघि) ६८० पाठक संख्या

काठमाडौं । मोरक्कोलाई हराउँदै फ्रान्स विश्वकप फुटबलको फाइनलमा पुगेको छ । कतारको अल बायत स्टेडियममा भएको खेलमा मोरक्कोलाई २-० गोलले हराउँदै फ्रान्स उपाधि नजिकै पुगेको हो ।

फ्रान्सका लागि खेलको पाचौँ मिनेटमा थिओ फर्नान्डेजले गोल गरेर अग्रता दिलाएका थिए । यस्तै ७९ मिनेटमा रान्डल कोनो मुआनीले गोल गरेर अग्रता दोब्बर बनाए ।

फ्रान्सले अब उपाधिको लागि आइतबार राती अर्जेन्टिनासँग खेल्नेछ । क्रोएसियालाई हराउँदै अर्जेन्टिना फाइनलमा पुगिसकेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस