२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

नवलपुरको हुप्सेकोटमा रहेको फलाम खानी, बन्ने हो कि एकादेशको कहानी ?

२०७८ जेष्ठ १३, बिहिबार प्रकाशित ( साल अघि) २०१२ पाठक संख्या

सालिकराम कोइराला

नवलपुर : नेपालकै सबैभन्दा ठूलो भनिएको धौवादी फलाम खानी उत्खनन गर्न अध्ययन शुरू गरेको बाह्र बर्ष पुग्दापनि संचालन गर्ने छाँटै देखिएको छैन ।

काम अघि बढाउन दुई वर्षअघि कम्पनी समेत स्थापना गरिएको थियो । तर हुप्सेकोटवासीलाई यो फलाम खानी कतै एकादेशको कहानी बन्ने त होइन भन्ने पिरलोले सताउन थालेको छ ।

खानी सम्बन्धी अध्ययनले यस क्षेत्रमा झण्डै दश करोड टन फलामको कच्चा पदार्थ रहेको निष्कर्ष निकालेको थियो । सो को उत्खनन सुरूगर्न तात्कालिन अर्थमन्त्री युवराज खतिवडाले एक अर्ब बजेट विनियोजन गरेका थिए । तर ‘छिटफुट अनुसन्धान र प्रयोगशाला परीक्षण बाहेक खानीको अन्य काम केहिपनि भएकै छैन’ स्थानीय प्रेमलाल थापाले भने।

खानी तथा भूगर्भ विभागले पटक,पटकको अनुसन्धानपछि करिब साढे ६ टन कच्चा पदार्थ ल्याब टेस्टकोलागि चीन पठएको थियो । प्रयोगशाला परिक्षणपछि चाइना जियोलजिकल सर्भेले उक्त कच्चा पदार्थबाट ४० प्रतिशत स्पोन्ज फलाम उत्पादन गर्न सकिने रिपोर्ट पठाएको इन्जिनियर जयराज घिमिरेले उल्लेख गरे ।

धौवादी क्षेत्रमा अहिले सडक विस्तारको काम भैरहेको छ। कावासोती-धौवादी सडक खण्डमा जेसिबीले सडक उधिन्दा निस्केका फलामहरू हाल बाटैभरि छरपष्ट छिरलिएका छन् । कच्चा फलामको कुनै मूल्यनै छैन ।ढुङ्गाको मूल्य बराबर छ यहाँको फलाम  ‘खानी त छ तर खानी सदुपयोग गर्ने दिमाग खरानी भएपछि यस्तैहुन्छ’ स्थानीयले आक्रोस पोखे ।

Received_346449570394269

सडक बिस्तार गर्दा निस्किएका कच्चा फलामहरू छरपष्ट अबस्थामा

धौवादी फलाम खानी उत्खनन गर्न चारवटा  क्षेत्र (ब्लक) निर्धारण गरिएको छ । धौवादी, राम्चे, दुर्लुङ्गा र पोखरी। धौवादी क्षेत्र हुप्सेकोट गाउँपालिकाको पूर्विभाग हो जुन देवचुली नगरपालिकासंग सीमा जोडिएको छ । यस क्षेत्रमा २  करोड १० लाख टनभन्दा बढी फलामको कच्चा पदार्थ रहेको अनुमान छ ।

त्यस्तैगरि दुर्लुङ्गा क्षेत्रमा ५० लाख टन एवं पोखरीमा २ करोड टन र राम्चेमा सबैभन्दा बढी ४ करोड २० लाख टन फलामको कच्चा पदार्थ रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । खानी तथा भूगर्भ विभागले धौवादीको फलाम खानी क्षेत्रमा करिव १ सय ८ नमूना परिक्षण गरेको थियो। यतिका बिधि संभाब्यता हुँदा पनि उत्खनन् कार्य अझै अघि बढ्न सकेको छैन। फलाम खानी हुप्सेकोट गाउँपालिका ५ मा पर्छ।

खानी उत्खनन पूर्व थुप्रै पूर्वाधारहरू निर्माण गर्न जरूरी भैसकेको छ। खानीसम्म सडकको पहुँच,विधुत,पानी र सम्वन्धित क्षेत्रको बस्ती स्थानान्तरण गर्न ज्यादै चुनौती रहेको छ । त्यतिमात्र हैन प्रसोधन केन्द्र,उधोग वा प्लाण्ट निर्माण र काठमाडौमा भएको धौवादी फलाम कम्पनी लिमिटेड नवलपुर नल्याएसम्म काम अघि बढ्ने छाँटकाँटै देखिएको छैन।

Received_1109793099509284

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%१%१%४%

प्रतिक्रिया दिनुहोस