२०८१ बैशाख ११, मंगलबार
नयाँ
पछिला अपडेट

फुटवल प्रतियोगिताको उपाधि बाईसघरेलाई

२०७७ चैत्र १५, आईतबार प्रकाशित ( साल अघि) ११९९ पाठक संख्या

सचिन विश्वकर्मा

कावासोती , १५ चैत्र । ३३ वर्ष माथी उमेर समुहका व्यक्तिलाइ लक्षित गरि आयोजना गरिएको फुटवल प्रतियोगिताको उपाधि वाइसघरेले हात पारेको छ।

हरवासी ख र क वाइसघरे विच भएको फाइनल खेलमा १गाेलका विरुध ३ गोलले वाइसघरे टिमलले जित हात पारेको हो ।

जितका लागि वाईसघरे टिमको तर्फबाट सन्ताेष श्रेष्ठले २ गोल र राजेश श्रेष्ठ ले १ गोल जोडन सफल भएका हुन । भने पराजित हुने टिमबाट धुर्ब सुनार ले १ गोल जाेडन सफल भएकाे खेल संयोजक सन्दिप सुनारले बताएका छन।

खेलमा सर्वाधिक गोलकर्ता , काे उपाधि हरबासी युवाका खेलाडी मधु सुदन घर्ती लाइ प्रदान गरिएको थियो। चैत्र १० गते देखी सुरु भएको खेल चैत्र १५ गते आज सम्पन भएको छ । खेलमा कावासोती वडा नं १६ र १४ का खेलाडिहरुले सहभागिता जनाएका थिए ।

प्रतियोगिता खेलमा ६ टिमले मात्र उपस्थिति जनाएका हुन । खेलमा प्रथम भएको टिम वाइसघरेलाइ एउटा खसी ,मेडल सहिद टर्फी प्रदान गरिएको थियो भने दित्तीय हुने टिम हरवासीलाइ चार ओटा हास सहिद मेडल र टर्फी प्रदान गरिएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस