२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

आँतको क्यान्सर पत्ता लगाउन चक्कीमा सानो क्यामरा राखेर निल्ने सुविधा

२०७७ चैत्र २, सोमबार प्रकाशित ( साल अघि) ३००३ पाठक संख्या

बेलायतको सरकारी स्वास्थ्य सेवा एनएचएसले रोगीहरूलाई घरैमा क्यान्सरको जाँच गर्नका लागि चक्कीमा सानो क्यामरा राखेर निल्ने सुविधा उपलब्ध गराएको छ ।

यो डिभाइसलाई पानीसँग निलेपछि यसले एक सेकेन्डको दुई तस्वीरका दरले खिच्दै हिँड्छ ।

यसले पेट र आँतको क्यान्सरका आरम्भिक लक्षणहरू पत्ता लगाउँछ अनि चिकित्सकहरूलाई आन्द्राका रोगहरू भेट्न पनि सहज पार्छ ।

त्यसले खिचेका तस्वीरहरू नितम्बमा बाँधिएका रेकर्डरमा पुग्नेछन् र चिकित्सकहरूलाई केही घन्टाभित्रै रोग पहिचान गर्न सहज बनाउनेछन् ।

यो द्रुत गतिको र सहज सुविधा भएको विज्ञहरूको कथन छ । पाँच सय पाउन्ड पर्ने यो किटले रोगीहरूलाई एन्डोस्कोपी वा कोलोनोस्कोपी जस्ता अप्ठ्यारा स्वास्थ्य जाँचबाट पनि मुक्ति दिनेछन् ।

यस प्रविधिले गर्दा कोभिड संक्रमण पनि फैलिन पाउँदैन किनकि रोगीहरू अस्पतालमा गएर कोलोनोस्कोपी गर्नका लागि मलद्वारमा ट्युब पसाइरहनु पनि पर्दैन, विज्ञहरू बताउँछन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस