२०७९ मंसिर १८, आईतबार
नयाँ
पछिला अपडेट

कोरोनाको प्रकोपले जितियाको चहलपहल भएन्

२०७७ भाद्र २३, मंगलबार प्रकाशित ( साल अघि) १११८ पाठक संख्या
चन्द्रा महतो 

नवलपुर, भाद्र २३ ।  जितिया थारु समुदायका महिलाहरूले एक महान सांस्कृतिक पर्वकाे रुपमा  लिने गर्दछन् । जितियामा थारु महिलाहरुले जितवाहनकाे नाममा व्रत बस्छन भने सामुहिक रुपमा झाम्टा नाच नाच्दै रमाइलो गर्दछन् । तर यस वर्ष भने विश्व भर फैलिएको काेराेना भाइरस कारण जितिया पर्व प्रभावित भएकाे छ । पहिले पहिले जितिया पर्वकाे राैनक एक दुई हप्ता अगाडि देखिनै हुन्थ्यो भने याे वर्ष जितिया पर्व आउन १ दिन पनि नहुदा गाउँ घरमा कुनै चहलपहल नभएकाले यसपालिको जितिया खल्लो भएको थारु समुदायको भनाइ छ ।
के हाे जितिया पर्व ?
जितिया पर्व ठाउ अनुसार फरक फरक तरिकाले मनाएता पनि थारु पहिचान र संस्कृतिसंग जाेडिएकाे छ । त्यसाे त जितिया पर्व तीन दिन सम्म मनाउने चलन रहेकाे छ । जितिया पर्व धार्मिक , सांस्कृतिक  मात्र नभई प्राकृतिक दृष्टिकोणमा पनि लिइएको छ। त्यस्तै जितिया पर्व भाइचारा ,समानता , विजयीकाे प्रतिककाे रुपमा लिएको  छ ।
जितियाकाे पहिलाे दिन
 जितिया पर्व तीन दिन  सम्म मनाइने पहिलाे दिनलाई  मछुवारी साथै  लहा खैना दिन पनि भनिन्छ । यश दिन सबेरै नदि ताल तलैया लगाएका जलासयमा गयी चाेखाे निष्ठ हुने चलन रहेकाे छ । ब्रतालुहरुले नुहाउदा  अाफुले प्रयाेग गरेका पिना चिलाे दिदी र सिराे बैनिले पनि व्रत बसुन भनी कुनै पातमा पिना दिने चलन रहेकाे छ । बेलुका डटकट (दर ) खाने चलन रहेकाे छ । ब्रतबस्दा शरीरलाई तागतमिलाेस भनेर पनि चिचर , माछा डटकट खाने गरिन्छ । काेहि सकहारी खाना खाने पनि गर्दछन् ।
दाेस्राे दिन ( जितिया व्रत )
दाेस्राे दिनलाई जितिया पर्वकाे महत्त्वपूर्ण दिन मानिन्छ । यस दिन सबेरै ब्रतालुहरु जलाशयमा गयी नुहाउने गर्दछन् । बेलुका कथा सुन्नकाे लागि  धानकाे गाबा ( गावा ) लिन  खेत तिर जान्छन् । पञ्चकन्याद्वारा गाजहालेकाे ( नपासीएकाे धानकाे गावा) लिने चलन रहेकाे छ ।  ” एक कनैया मिली गावा जे उखारे , हरे बैसे बैसे अनपुरना बहसदेवी हमराके काथा सुनावे अाही रे …. । )  भन्दै  एक कनैया , दुई कनैया विजाेर संख्या  सम्म गाउने र धानकाे पात गाठाे पार्ने चलन रहेकाे छ । धानकाे गावा लिए पछि ब्रतालुहरु बेलपत्र ( बेलक पाता ) टिप्न जान्छन् । बेलपत्र टिप्दा पनि झाम्टा पारे र गित गाउने गरिन्छ  । ” एक खुट गडलीकि दुई खुत गडली जनीर हाे न ..बेलरी तर दुगरलरी जाई बेलरी तर  …।”  गित गाउने गरिन्छ । झाम्टा र गित गाए पछि मात्र  बेलपत्र टिप्ने गरिन्छ  ।
टिपेकाे बेलपत्र धनु ( धनहि ) बनाउने गरिन्छ । धनही बनाउदा कति दाजु भाइ छन् ? साेहि अनुरुप प्रत्येककाे लागि एउटा  र भगवान जितवाहनकाे लागि एउटा  धनही बनाउने चलन रहेकाे छ । पुजाकाे लागि जाकुरी ( मास ) भिजाएर ब्रतालुहरु गाउका सबै  जम्मा भएर झाम्टा नाचदै र झाम्टा गित गाउदै रमाउलाे गर्दछन् । दुखसुखका कुरा , पाैराणीक , माैलिक विषयलाई समेटिएका  गित गाउदै निराहार व्रत बस्ने चलन रहेकाे छ । बेलुका  भए पछि पुन जलासयमा गएर नुहाउने गर्दछन् । त्यस्पछि गाउका सबै ब्रतालु एकठाउमा जम्मा  भएर कथा सुनने तयारीमा लाग्छन्  । कथा सुन्नकाे लागि पाकड ( एक बनस्पति बिरुवा ) , धानकाे गावा  लगाएत पुजा सामाग्री राखिन्छ र झाम्टा पार्दै गित गाउछन् ।
झाम्टा र गित पछि कथा सुनाउन अाग्रह गर्दै बदहा गित गाउने चलन रहेकाे छ । बदहा गित गाउदा धानकाे गावालाई विच्चमा राखि मदहा गाउने गरिन्छ  । र थारु गुराेद्धारा जितिया व्रत कथा सुरु हुन्छ  । जितिया ब्रत कथा पनि दुई  भागमा बाडिएकाे छ । पहिलाेमा जितवाहनकाे कथा र दाेस्राे भागमा सत्यकाे पक्षमारहेकी चिलाे दिदी र असत्यकाे पक्षमा रहेकी सिराे बहिनीकाे कथा रहेकाे छ ।
जितिया पर्वकाे महत्वपूर्ण पाटाे मा जितिया व्रत कथा लाई लिने गरिन्छ  । जुन कथा अनिवार्य ब्रतालुले सुन्नु पर्ने रहेकाे छ । जितिया व्रत कथाले सत्यकाे पक्षमा लागे अवस्य सफलता मिल्ने सन्देश दिन्छ । साेहि अनुरुप थारु समुदायका विशेष त महिलाहरुले निष्ठाका साथ व्रत बस्ने गर्दछन् ।
जितियाकाे तेस्राे  दिन ( पारन करना )
जितिया पर्वकाे तेस्राे दिन अथात अन्तिम दिनलाई थारु समुदायले पारन करना दिनकाे रुपमा लिने गर्दछन् । ब्रतालु महिलाहरु पुजाका सामाग्री लिएर जलाशयमा जान्छन् । नुहाइ सके पछि अघिल्लो दिन भिजाएकाे जाकुरी र पानी बाट पारन गर्दछन । श्रद्धा र निष्ठाका साथ निराहार व्रत बसेकाे कामना पुराहाेस भन्दै पारन गरिन्छ  ।  पारन गरे पछि दाजुभाइ र जितवाहनकाे नाममा बनाएकाे धनही लगाएतका पुजा सामाग्री चढाउने गरिन्छ  । विधिपूर्वक पारन गरे पछि फलहार ( फरहर ) गरि जितिया पर्वकाे व्रत सम्पन्न  हुन्छ  ।
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस