२०८१ बैशाख ४, मंगलबार
नयाँ
पछिला अपडेट

ह्वात्तै घट्यो सुनको मूल्य

२०७७ श्रावण २८, बुधबार प्रकाशित ( साल अघि) १०२० पाठक संख्या

काठमाडौं, २८ साउन

सुनको मूल्यमा आज ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु ६ हजार २०० ले घटेको छ ।

स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९५ हजार ४०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९४ हजार ९०० मा झरेको छ । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला रु १ लाख १ हजार ६०० र तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख १ हजार १०० मा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि प्रतितोला रु २२५ ले घटेको छ । आज महासङ्घले चाँदीको मूल्य प्रतितोला रु १२१९ तोकेको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला रु १४३५ मा कारोबार भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस