२०८१ बैशाख ७, शुक्रबार
नयाँ
पछिला अपडेट

चितवनमा ११ गतेदेखि हात्ती महोत्सव हुने

२०७५ पौष ८, आईतबार प्रकाशित ( साल अघि) ११६३ पाठक संख्या


चितवन, ८ पुस– विश्व सम्पदा सुचीमा सुचीकृत नेपालको चितवन राष्ट्रिय निकुन्ज पर्यटकिय दृष्टीकोणले निकै लोक प्रिय मानिन्छ । करिव ९५२.६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको सो निकुञ्जमा विभिन्न प्रकारका जंगली जनावरहरुको अवलोकन गर्न सकिन्छ । नेपालमा मात्र पाइने एक सिंगे गैंडाको बासस्थान सौराहामा बाघ, घडियाल गोहि, मृग, कस्तुरी, अर्ना लगायत थुप्रै प्रजातीका बन्यजन्तु पाइनुका साथै विभिन्न थरीका चरा चुरुगींहरु पनि पाइन्छन । जंगली जनावर तथा जंगली परिवेशको अवलोकन हात्तीहरुमा चढेर नजिकैवाट गर्न सकिन्छ । वि. सं. २०३० मा स्थापित यस निकुञ्जमा जंगली मनमोहक दृष्य तथा जनावरहरु नजिकैवाट अवलोकन गर्न सकिने भएकाले पनि यस क्षेत्र पर्यटकिय दृष्टीले निकै रुचाइएको स्थान हो ।

यस क्षेत्रमा पर्यटकहरुको आर्कषण गर्ने उद्देश्यले क्षेत्रीय होटल संघ सौराहाले यस वर्ष चितवन हात्ती महोत्सव एवम् अन्तर्राष्ट्रिय हात्ती दौड र हात्ती पोलो प्रतियोगिता पौष ११ देखि १५ गतेसम्म आयोजना हुन लागेको छ । आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्दै लोप हुँदै गएको हात्तीहरुको संरक्षण र यसको महत्वको बारे जानकारी दिनु, वन्यजन्तु संरक्षणमा एकजुट हुन आग्रह गर्नु र समाजमा जनचेतना अभिवृद्वि गराउनु यो महोत्सवको मुख्य उद्देश्य रहेको भन्दै आयोजक क्षेत्रीय होटल संघ नेपाल चितवनले पछिल्लो समय अन्तर्राष्ट्रिय पर्यटन जगतमा छुट्टै स्थान बनाउन सफल यस महोत्सवले समग्र चितवनको पहिचान कायम गरेको पनि जनाएको छ । 

महोत्सवको ढाँचा परिवर्तनतर्फ पनि लागिरहेको भन्दै आयोजकले गएको तीन वर्षदेखि नितान्त नौलो कार्यक्रम सुरुवात ‘हात्तीको पिकनिक’कोे आयोजना गरेका तथा उक्त कार्यक्रम उत्कृष्ट भएको दर्शकबाट प्रतिक्रिया आएकाले थप भव्य बनाउँदै उक्त पिकनिकलाई निरन्तरता दिएको पनि बताउको छ । साथै गत वर्षदेखि हामीले हात्ती पोलोलाई पनि निरन्तरता दिएको आयोजकले बताए ।
स्थापना कालदेखि आयोजना हुँदै आएको भएको हात्ती दौड प्रतियोगितालाई गएको तीन वर्षदेखि परिमार्जित गर्दै ‘इलाफेन्ट फास्ट वाक’ का रूपमा परिस्कृत गरिएको तथा हात्ती फुटबल, हात्ती सुन्दरी प्रतियोगिता, हात्ती पेन्टिङसँगै राष्ट्रिय तथा स्थानीय कलाकारहरुबाट दैनिक साँस्कृतिक कार्यक्रम समेत आयोजना हुने पनि आयोजकले बताए । जंगल र जंगली जनावर राष्ट्रका साझा सम्पत्ति भएकाले तिनीहरुको संरक्षण गर्नु हामी सबैको दायित्व हो ।

पछिल्लो समय अन्तर्राष्ट्रिय पर्यटन जगतमा छुट्टै स्थान बनाउन सफल यस महोत्सवले समग्र चितवनको पहिचान कायम गरेको छ। सुरुवाती दिन देखि अहिलेको १५ औं संस्करण सम्म हामीले हात्तीसँगका अनेकौ रोचक गतिविधि तथा खेलहरुलाई जोड्दै आएको छ।

स्थानीय युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था, बाघमारा सामुदायिक वन, सौराहा बचत तथा ऋण सहकारी संस्था, रेवान सौराहा, राष्ट्रिय प्रकृति संरक्षण कोषलगायतको सहकार्यमा महोत्सव हुँदै आएको छ । प्रतियोगितामा हात्ती दौड, हात्तीका छावाबीचको रोमाञ्चकारी हात्ती सुन्दरी प्रतियोगिता, टाँगो दौड, गाडा दौड, डुँगा दौड सहित राष्ट्रिय कलाकारहरुको विशेष प्रस्तुती रहने छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस