२०८१ बैशाख ७, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुरको मध्यविन्दुमा मृत पाटे चितुवा भेटियो

२०७५ पौष ७, शनिबार प्रकाशित ( साल अघि) १०११ पाठक संख्या


पौष  , ०७, कावासोती

नबलपुरको मध्यबिन्दु नगरपालीकामा पाटे चितुवा मृत अवस्थामा फेला परेको छ । मध्यविन्दु १५ गडार खोला स्थीत छाहारी सामुदायिक बन उपभोक्ता समुहको क्षेत्रमा पाटे चितुवा मृत अबस्थामा फेला परेको हो । आज दिउसो वन हेरालुले पाटे चितुवालाई मृत अबस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । लगत्तै गएको टोलीले चितुवालाई सब डिभीजन बन कार्यालय भाग्रा रानिटारका प्रमुख गणेशचन्द्र देबकोटालाई हस्तान्तरण गरिएको चोरमारा प्रहरी कार्यालयका प्रहरी नायब निरिक्षक नरबाहादुर भण्डारीले जानकारी दिनुभयो । भण्डारीका अनुसार चितुवा बिरामी भइ मरेको हुनसक्ने अनुमान गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस