२०८१ बैशाख १२, बुधबार
नयाँ
पछिला अपडेट

नवलपुरमा भएको सवारी दुर्घटनामा १ को मृत्यु, १६ घाईते

२०७५ पौष ३, मंगलबार प्रकाशित ( साल अघि) १११९ पाठक संख्या


पौष, ०३, कावासोती । नवलपुरको मध्यबिन्दुमा आज भएको सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने १६ जना घाईते भएका छन । मध्यबिन्दु ८ गढवार खोला नजिकै यात्रुबाहक बसले मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको हो भने अन्य १६ जना घाईते भएका हुन् ।

घाइते मध्य ४ जनाको अबस्था गम्भीर रहेको छ । पुर्बबाट पश्चिम जाँदै गरेको ना ६ ख ९६७६ नम्बरको यात्रुबाहक बसले सोही दिशातर्फ जाँदै गरेको बा ५१ प ६९७३ नम्बरको मोटरसाइकललाई आज दिउँसो करिब ३ बजे ठक्कर दिदा मोटरसाइकलमा सवार मध्यबिन्दु ११ कि चन्द्र कुमारी सोमै मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय नवलपुरले जनाएको छ । सोमैको उपचारका लागि अस्पताल ल्याउदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

घाइतेहरुको सामुदायिक स्मृति अस्पताल कावासोती डण्डामा उपचार भैरहेको छ । दुर्घटनामा परेको बस  सडकबाट केही तल पल्टिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस