२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

मेयर कपको उपाधि वडा नम्बर ३ लाई

२०७५ पौष २, सोमबार प्रकाशित ( साल अघि) १३१२ पाठक संख्या

बिजय चालिसे 
पुस, ०२, कावासोती । कावासोती नगरपालिकाको आयोजनामा भएको प्रथम मेयर कप फुटवल प्रतियोगिताको उपाधि वडा नंबर ३ ले कब्जा गरेको छ । आज भएको फाईनल प्रतिस्पर्धामा वडा नंबर ४ लाई २–१ गेल अन्तरले पराजित गर्दै वडा नंबर ३ ले उपाधिसहित ७५ हजार प्राप्त गरेको छ । कावासोतीको राममन्दिर खेल मैदानमा भएको खेलको पहिलो हाफमा वडा नंबर ३ ले १–० गोलको अग्रता बनाएको थियो । दोस्रो हाफमा पनि वडा नंबर ३ ले अग्रता दोब्बर पा–यो । तर त्यसको केहि समयमै वडा नंबर ४ ले गोल गर्दै खेलमा फर्कने प्रयास गरेपनि गोल गर्न नसकेपछि दोस्रो स्थानमा चित्त बुझाउन बाध्य भयो । उपबिजेता बनेको वडा नंबर ४ ले ४० हजार नगद पुरस्कार प्राप्त ग¥यो ।


यसैबिच, खेलका क्रममा पहिलो हाफमा वडा नंबर ४ का नविन महत्तोले गरेको गोल फल भएको भन्दै रेफ्रिले उल्टै पहेलो कार्ड दिएपछि खेलाडी र समर्थकहरुले विरोध जनाएका थिए । उनिहरुले रेफ्रिले एकपक्षिय खेलाएको भन्दै आक्रोस व्यक्त गरेपछि केहिबेर मैदानमा तनाव भएको थियो । वडा नंबर ४ का समर्थकहरुले गोल भएको बललाई रेफ्रिले अनावश्यक फल दिएको भन्दै चर्को विरोध गरेका थिए ।

बिजेता तथा उपबिजेता टिमका खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथि एंव गण्डकी प्रदेश सभा सदस्य रोशन बहादुर गाहाले पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गर्नुभयो ।
त्यसअघि बिहान भएको कावासोती नगरपालिकाका जनप्रतिनिधिहरु र कर्मचारी बिचको मैत्रिपुर्ण फुटबल खेलमा कर्मचारिहरुले जित निकाल्दै खसि पुरस्कार हात पारेका छन् । जनप्रतिनिधिलाई १ का विरुद्व ४ गोल गर्दै कर्मचारीहरुले खसी पुरस्कार जितेका हुन् ।

कावासोती खेलकुद मैदान निर्माण उपभोक्ता समितिको सहआयोजना र न्यु भानु आदर्श युवा क्लबको संयोजनमा भएको प्रतियोगितामा जिल्ला फुटबल संघ नवलपरासीले प्राविधिक सहयोग गरेको थियो । प्रतियोगितामा नगरका १७ वटै वडाको सहभागिता रहेको थियो । कावासोती नगर प्रमुख चन्द्रा कुमारी पुनको सभाध्यक्षतामा भएको समापन कार्यक्रमको प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य गाहा रहनु भएको थियो भने अखिल नेपाल फुटबल संघ एण्फाका सह महासचिव प्रकाश पंगेनी, कावासोती नगरका प्रमुख प्रशासकिय अधिकृत रोशन ज्ञावली, १७ वटै वडाका वडाध्यक्षलगायतको सहभागिता रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस