२०८१ बैशाख ११, मंगलबार
नयाँ
पछिला अपडेट

ट्रकको ठक्करबाट चितवनमा पैदलयात्रीको मृत्यु

२०७५ पौष २, सोमबार प्रकाशित ( साल अघि) ७८३ पाठक संख्या



चितवन, पुस २ । नारायणगढ–मुग्लिन सडकखण्डको भतेरीमा आज बिहान मालवाहक ट्रकले ठक्कर दिँदा एक पैदल यात्रुको मृत्यु भएको छ । 
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार ठक्करबाट गम्भीर घाइते ती पुरुषको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । मृतकको सनाखत हुनसकेको छैन । 
काठमाडौंबाट भारतको चेन्नाइतर्फ जाँदै गरेको पिएन ८८ए २३१६ नम्बरको ट्रकले ठक्कर दिँदा अन्दाजी ३० वर्षीय पुरुषको मृत्यु भएको हो । सो ट्रकलाई पछाडिबाट आउँदै गरेको ना४ख २७२९ नंको ट्रकले ठक्कर दिएपछि अनियन्त्रित भई पैदलयात्रीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । दुवै ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ । 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस