२०८१ बैशाख ८, शनिबार
नयाँ
पछिला अपडेट

आज मंसिर २७ गते बिहीबार डिसेम्बर १३ तारीखको राशिफल, श्रीमनकामना माताले सबैको रक्षा गरुन

२०७५ मंसिर २६, बुधबार प्रकाशित ( साल अघि) ९७७ पाठक संख्या

आज श्री शाके १९४० बि.स. २०७५ साल मंसिर २७ गते बिहीबार इश्वी सन् २०१८ डिसेम्बर १३ तारीख मार्ग शुक्लपक्ष षष्ठी तिथी २२ः३६ बजेउप्रान्त सप्तमी धनिष्ठा नक्षत्र १७ः४२ बजेउप्रान्त शतभिषा नक्षत्र, हर्षण योग २३ः२१ बजेउप्रान्त वज्र योग कौलव करण ९ः३२ बजेदेखि तैतिल करण चन्द्रमा कुम्भ राशिमा आनन्दादियोगमा श्रीवत्स योग सुर्य दक्षिणायन हेमन्त ऋर्तु – ज्यो.पं. सरोज घिमिरे ।

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

नयाँ कार्य थालनिको योग रहेकोछ । आम्दानिका प्रशस्त श्रोतहरु फेला पर्नेछन । रचनात्मक कार्यमा समय ब्यतित हुनेछ । बिशिष्ट ब्यत्तिहरुको साथसहयोगमा कार्यक्षेत्रमा आफ्नो प्रभुत्व बढ्नेछ । वाणीमा भने ध्यान पूर्याउनु होला ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

मान्यजनको स्वास्थमा सामान्य असर देखा पर्नेछ । भौतिक शुख सुबिधाका साधनको प्रयोगमा साय ब्यतित रहनेछ । गरीरहेको कार्य परीवर्तनको सम्भावना रहेकोछ । सामाजिक कार्यका मार्फत मानसम्मानको योग बन्नेछ ।

मीथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह

धार्मिक कार्यका क्षेत्रमा समय ब्यतित हुन सक्नेछ । आकस्मीक धनलाभको सम्भावना रहेकोछ । जिबन साथीको अग्रसरतामा अधुरा कार्य सुचारु गर्न उत्तम समय रहेकोछ । मित्रजन सगँको भेटघाटले मन प्रशन्न रहनेछ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

आखाँ तथा शिर सम्बन्धी समस्याले सताउन सक्नेछ । खानपानमा बिषेश सतर्कता अपनाउनु उत्तम रहनेछ । बाणीका कारण सामान्य वादविवादको झमेलाले सताउला । आर्थीक क्षेत्रमा भने समय मध्यम रहनेछ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

पारीवारीक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ । जिवन साथिको सहयोगमा ब्यापार ब्यवसायमा मनग्य लाभ प्राप्त रहनेछ । नयाँ कार्यको थालनिले मनमा प्रशन्नता छाउनेछ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

सामान्य कार्यको निम्ति अधिक समय र परीश्रम खर्चनु पनेछ । मनमा सामान्य चिन्ताले बास गर्नेछ । सामाजिक तथा परोपकार जन्य कार्यमा जुट्ने उत्तम समय रहेता पनि खुट्टा तान्ने ब्यक्तिहरु बाट भने बच्नु पर्ने समय रहेको छ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते

तपाईको कार्य कुशलताले अरु ब्यक्तिलाई मोहित बनाउन सक्छ । पठनपाठनको क्षेत्रमा समय मध्यम रहेको छ । आम्दानिका स्रोतहरु फेला पर्नाले मनमा उत्साहा छाउनेछ । अरुको भर पर्नाले सामान्य झन्झट ब्यर्होनु पर्ला ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु

सबारी साधनको प्रयोगमा बिशेष ध्यान दिनु होला । सभासम्मेलनमा सहभागि हुन तथा मान सम्मान प्राप्तीको योग रहेको छ । मानसम्मान प्राप्तिको सम्भाबना रहेको छ । ब्यापार ब्यवसायमा समय राम्रो रहेको छ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

आटँ शाहसमा बृद्यि हुनाले तपाईका बिपक्क्षीहरु कमजोर रहनेछन । शारीरिक तथा मानसिक तनाबहरु कम भएको महसुस हुनेछ । मित्र तथा दाजु भाई बिचको सम्बन्धमा सुधार आउनेछ । श्रम र परीश्रमको राम्रो कदर हुने योग रहेको छ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

नयाँ कार्यको थालनि ले मन प्रशन्न रहला । खानपानको क्षेत्रमा बिशेष ध्यान दिनु होला । आजको लगानि भोलिका निम्ति फाईदा जनक हुनेछ । स्वास्थ सम्बन्धी समास्याले सताउन सक्छ । अरुको भर पर्दा कार्यक्षेत्रमा सामान्य अप्जस आउन सक्छ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द

पारीबारिक झोर झमेलाले सताउन सक्छ । तपाईको कार्यको फाईदा अरुले सहजै लिन सक्नेछन । तपाईको सरल मिजासले मित्रजनहरु आर्क्शित हुने योग रहेको छ । ब्यापार ब्यबसायमा राम्रो समय रहेको छ ।

मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

अरुको बिश्वास गर्नाले धोका हुन सक्छ । खुट्टा तान्ने ब्यक्तिहरु बाट बच्नु पर्ने समय रहेको छ । सामान्य आर्थिक अभाब झेल्नु पर्ला । पारीबारिक झोर झमेलाले सताउन सक्छ । स्वास्थमा सामान्य समस्या आउन सक्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस