२०७५ मंसिर २०, बिहिबार प्रकाशित (६ साल अघि)१२०८ पाठक संख्या
चितवन, मंसिर २०, मोटरसाइकलको ठक्करबाट चितवनको भरतपुर महानगरपालिका–३ को बाह्रघरेमा आज बिहान एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा कपिलवस्तु जिल्लाको तिलोत्तमाका ४० वर्षीय चन्द्रसिंह चौधरी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रहरीका अनुसार न्यूरोड स्थित सडकखण्डमा बाह्रघरेतर्फ जाँदै गरेको ना ५९ प २९९८ नं.को मोटरसाइकलले चौधरीलाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते चौधरीको अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको थियो । प्रहरीले दुर्घटनामा संलग्न मोटरसाइकल र चालकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।