२०८२ बैशाख ३०, मंगलबार
नयाँ
पछिला अपडेट

नुवाकोट दुर्घटनामा ज्यान गुमाउनेको संख्या १६ पुग्यो, टर्च बालेर शव खोज्दै प्रहरी

२०७५ मंसिर २८, शुक्रबार प्रकाशित ( साल अघि) १४१८ पाठक संख्या

नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नम्बर १ स्थित घ्याङफेदीमा आइचर गाडी दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटले १६ जनाको मृत्यु भएको पुष्टि गर्दै घटनास्थलमा अझैं उद्दारकार्य जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने जनाएको छ ।
घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट डीएसपी भीमलाल भट्टराईको कमाण्डमा एक टोली र र समुन्द्रटारको इलाका प्रहरीको अर्को टोली उद्दारमा पुगेको छ ।


जिल्ला प्रहरी कार्यालय नुवाकोटका एसपी बसन्त कुँवरका अनुसार ४० जना यात्रु सवार उक्त गाडीमा ठूलो संख्यामा यात्रुहरु हताहत भएको हुनसक्छ।

तामाङ समुदायको साँस्कृतिक पर्व मनाएर फर्किदै नुवाकोटको सिसिपु जाँदै गरेको मिनिट्रक घ्याङडाँडाको भीरबाट करिब ४ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी भीम भट्टराईले जानकारी दिए।

प्रहरीले केहीलाई उद्दार गरी उपचारका लागि अस्पताल पठाएको छ। उद्दार कार्य जारी रहेकाले घाइते र मृतककको संख्या यकिन नभएको डीएसपी भट्टराईले जानकारी दिए।

दुर्घटनास्थल पुग्न सदरमुकाम विदुरदेखि साढे ३ घण्टाको दूरीमा छ। घटनाबारे थप विवरण आउन बाँकी छ।

प्रकाशित मिति : २८ मंसिर २०७५, शुक्रबार

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस