२०८२ अषाढ ७, शनिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा कृषि पेशामा लग्ने बढे, एक वर्षमा ११ सय बढि कृषि फर्म दर्ता

२०७८ श्रावण १२, मंगलबार प्रकाशित ( साल अघि) १०२९ पाठक संख्या

कावासोती । आर्थिक वर्ष २०७७ ÷०७८ मा नवलपुर जिल्लामा कृषिमा लाग्नेको संख्या बढेको छ । घरेलु तथा साना उद्योग कार्यलय नवलपुरको तथ्याङ्क अनुसार अन्य फर्म भन्दा कृषि फर्म दर्ता गर्नेको संख्या बढेको जनाएको । कार्यलयको तथ्याङ्क हेर्दा कुल दर्ता भएका एक हजार तिन सय ७७ मध्ये कृषि तथा वन पैदावरमा आधारारित एक हजार एक सय ५० कृषि फर्महरु दर्ता हुन आएको देखिएको छ ।

घरेलु तथा साना उद्योग कार्यलय नवलपुरका प्रमुख बिक्रम सुबेदीका अनुसार कृषि फर्म पछि सबै भन्दा बढि सेवा मुलक उद्योग दर्ता भएको जनाइएको छ । सेवा मुलक उद्योगहरु दुई सय बाह्र रहेका छन । यस्तै सबै भन्दा कम दर्ता भएका उद्योग अन्तरगर्त सूचना प्रविधि सञ्चार प्रविधि तथा सूचना प्रसारण प्रविधिमा आधारित उद्योग र उत्पादन मुलक उद्योग दर्ताको संख्या न्युन रहेको छ ।

सूचना प्रविधि सञ्चार प्रविधि तथा सूचना प्रसारण प्रविधिमा आधारित उद्योग पाचँ रहेका छन भने उत्पादन मुलक उद्योग दर्ताको संख्या दश रहेको घरेलु तथा साना उद्योग कार्यलय नवलपुरका प्रमुख बिक्रम सुबेदीले बताउनुभयो । यस्तै आर्थिक वर्ष २०७७ ÷०७८मा उद्योग र बाणिज्यबाट कुल राजश्व एक करोड एकतिस लाख पचासी हजार छ सय बिस रहेको जनाइएको छ ।

जस्मा उद्योग तर्फ एकहत्तर लाख छैसठी हजार दुई सय पचहत्तर रहेको छ भने बाणिज्य तर्फ कुल छ लाख उन्नाइस हजार तिन सय पैत्तालीस राजश्व संकल भएको घरेलु तथा साना उद्योग कार्यलय नवलपुरले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस