२०८३ अषाढ ८, सोमबार
नयाँ
पछिला अपडेट

चितवनमा भालुको आक्रमणबाट एक जनाको मृत्यु

२०७८ श्रावण ७, बिहिबार प्रकाशित ( साल अघि) २३९४ पाठक संख्या

चितवन– माडी नगरपालिका–१ पाण्डव नगरमा एक जनाको शव फेला परेको छ। बुधबार बिहान चितवन राष्ट्रिय निकुञ्जभित्र तामा खोज्न पसेका स्थानीयवासी ४५ वर्षीय राजकुमार बोट आज बिहान मृत अवस्थामा फेला परेका हुन्।

इलाका प्रहरी कार्यालय माडीका प्रमुख प्रहरी निरीक्षक झलक शर्माका अनुसार निकुञ्ज नजिकै बारीमा आज बिहान ९ः३० बजे उनको शव फेला परेको हो।

बोटको मुखमा कोतरिएको र बायाँ तिघ्रामा घाउ रहेको छ। बोटलाई भालुले आक्रमण गरेको हुनसक्ने प्रहरीले अनुमान छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस