२०८२ कार्तिक १, शनिबार
नयाँ
पछिला अपडेट

मध्यविन्दुमा चितुवाको आक्रमणबाट एकजना किसानको गोठ रित्तियो, ११ भेडा मरे

२०७८ अषाढ २६, शनिबार प्रकाशित ( साल अघि) १२४४२ पाठक संख्या

कोल्हुवा – जंगलबाट बस्तीमा छिरेको चितुवाले आक्रमण गर्दा एकजना किसानको गोठ रित्तिएको छ।

मध्यबिन्दु  नगरपालिका–१ स्थित अभिवनमा एकल महिला किसान मन कुमारी महतोले गोठभित्र बाँधेका १५ ओटा भेडा मध्य ११ ओटा भेडा चितुवाको आक्रमणबाट मरेको र अन्य ४ ओटा भेडा गम्भीर घाइते भएको नन्द भाउजु उपभोक्ता समितिका अध्यक्ष दोमन भण्डारीले जानकारी दिनुभयो ।

FB_IMG_1625901652502

गोठ रित्तो भएपछि महतो पीडामा छिन । दुई लाखभन्दा बढीको क्षति भएको छ।

‘कच्ची गोठ भएकाले सजिलोसँग चितुवा गोठभित्र छिरेर भेंडालाई आक्रमण गर्‍यो,’ स्थानीयबासी गणेश महतोले भने, ‘पछिल्लो समय चितुवा बस्ती नजिक आउने र त्रास थप्ने काम गरिरहेको छ।’

FB_IMG_1625901661786

प्रहरी चौकी कोल्हुवाले घटनाको जानकारी टिपोट गरेको छ। सामुदायिक वन नजिकै रहेको र त्यहीँ वनबाट चितुवा बस्तीमा आएको हुन सक्ने अनुमान गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१८%४%१०%१६५%१३%

प्रतिक्रिया दिनुहोस