२०८२ अषाढ १, आईतबार
नयाँ
पछिला अपडेट

नवलपुर स्वास्थ्य चौकी कोल्हुवामा भेरोसेलको दोस्रो डोज आज लगाईने

२०७८ अषाढ २५, शुक्रबार प्रकाशित ( साल अघि) ३५१८ पाठक संख्या

कोल्हुवा । मध्यबिदु नगरपालिका भेरोसेलको दोस्रो डोज आजबाट लगाउन सुरु गरिने भएको छ ।

कोरोना भाइरसबिरुद्ध लगाइने “भेरोसेल“ खोप पहिलो मात्रा लगाईसकेका ६२ देखि ६४ वर्ष उमेरसमूहका लागि दोस्रो मात्राको खोप लगाउने सुरु गरिको हो  ।

मध्यबिन्दु नगरपालिकामा रहेको प्रत्येक स्वास्थ्य चौकीमा रहेको खोप केन्द्रबाट पहिलो डोजको खोप लगाइसकेकाहरुलाई दोस्रो डोजको खोप लिने ब्यवस्था मिलाएको नगरपालिकाले जनाएको छ।

नवलपुर स्वास्थ्य चौकी कोल्हुवाले कोरोना भाइरस बिरुद्ध लगाईने चाईनीज खोप “भेरोसेल“ खोप आज असार २५ गते शुक्रबार लगाईने भनेर सुचना मार्फत जानकारी दिएको छ ।

सूचनामा बिहान ११ बजे देखि दिउँसो ३ बजे सम्म कोल्हुवा स्थित नवलपुर हेल्थ पोस्टबाट खोप लगाउन सकिने पनि उल्लेख गरिएको छ ।

गत जेठ २७ देखि २८ गतेसम्म भेरोसेल खोपको पहिलो मात्रा लगाएका हुने पर्ने र खोप लगाउन आउँदा अनिवार्य रुपमा खोप कार्ड लिएर आउनुपर्ने नवलपुर स्वास्थ्य चौकीले जनाएको छ ।

FB_IMG_16257585660348511

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस