२०८३ बैशाख २१, सोमबार
नयाँ
पछिला अपडेट

नवलपुर जिल्ला प्रशासनको आदेश सच्चाइयो : निषेधआज्ञा असार १८ सम्म

२०७८ अषाढ १०, बिहिबार प्रकाशित ( साल अघि) ३८३० पाठक संख्या

कावासोती । नवलपुर जिल्ला प्रशासनले यस अघि आजै जारी गरेको आदेश सच्चाउदै निषेधआज्ञा असार १८ सम्म मात्रै रहने जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयले केहि बेर अघि प्रमुख जिल्ला अधिकारी मनमाया भटटराई पंगेनीले आदेश जारी गर्दै निषेधाज्ञाको समय असार २१ सम्म पुर्‍याईएको भनेर आएको सूचना प्राविधिक कारणले त्रुटि भएकोले आदेश सच्चाएर निषेधआज्ञा असार १८ सम्म मात्रै रहने गरि नयाँ आदेश जारी गरिएको जनाएको छ ।

नयाँ आदेश अनुसार जिल्ला भित्रका सवै सरकारी कार्यालय तथा सार्वजनिक संस्थाका कार्यालयबाट उपलब्ध हुने सोवाहरु भने तोकिएको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी संचालन गर्न अनुमति दिइएको जिल्ला प्रशासन कार्यालय नवलपुरका प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले जानकारी दिनु भयो । आदेश अनुसार अब जिल्लाका सवै सरकारी कार्यालयहरु खुल्ने भएका छन् ।

Received_321658839591969

Received_4095890277164823

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१०%१%२%१%२%७%

प्रतिक्रिया दिनुहोस