२०८३ बैशाख २१, सोमबार
नयाँ
पछिला अपडेट

गण्डकीका मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत

२०७८ अषाढ ४, शुक्रबार प्रकाशित ( साल अघि) २१७८ पाठक संख्या

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश सभाबाट विश्वासको मत पाएका छन्।

उनले शुक्रबार प्रदेश सभामा राखेको विश्वासको मतको पक्षमा ३१ मत परे। त्यस्तै विपक्षमा २७ मत परे। मतदानमा ५८ सदस्य सहभागी भएका थिए।

६० सदस्यीय गण्डकी प्रदेश सभामा अहिले ५९ सदस्य छन्। विश्वासका मतका लागि ३० मत आवश्यक रहेको थियो।

मुख्यमन्त्री पोखरेललाई नेपाली कांग्रेसका १५, नेकपा (माओवादी केन्द्र)का ११, जनता समाजवादी पार्टी (जसपा)का दुई, राष्ट्रिय जनमोर्चाका दुई र एक स्वतन्त्र सांसदले मत दिएका हुन्। नेकपा (एमाले)का सांसदले विपक्षमा मतदान गरेका छन्।

संविधानको धारा १६८ को उपधारा ५ बमोजिम उनी २९ जेठमा मुख्यमन्त्री नियुक्त भएका थिए। यस उपधारा अनुसार नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था रहेको छ।

मुख्यमन्त्री नियुक्त भएको सात दिनमै विश्वासको मत लिएका पोखरेलले अब मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन्। २९ जेठमै चार जना मन्त्री नियुक्त गरेको भए पनि जिम्मेवारी बाडफाँड गरेका छैनन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस