२०८२ फागुन २३, शनिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु

२०७८ जेष्ठ २३, आईतबार प्रकाशित ( साल अघि) २०८८ पाठक संख्या

कावासोती । नवलपुरमा कोरोना संक्रमणले आइतबार मात्र थप ३ जनाको मृत्यु भएको छ ।

बिनयी त्रिवेणी गाउँपालिका वडा नं. २ का ४५ बर्षिया महिला र विनयी त्रिवेणी गाउँपालिका वडा नं. २ का ७८ बर्षिय पुरुषको मृत्यु भएको हो । यी दुवैको चितवन मेडिकल कलेजमा आज उपचारका क्रममा मृत्यु भएको छ ।

त्यस्तै, विनयी त्रिवेणी गाउँपालिका वडा नं. ५ का ३६ बर्षिय पुरुषको पनि चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको छ ।

उनको जेठ १० गते परिक्षण गरिएको स्वाबको नतिजा पोजेटिभ आएपछि उपचारको क्रममा आज बिहान मृत्य भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ।

योसँगै बैशाख यता विनयी त्रिवेणी गाउँपालिकामा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ । बैशाख देखी यता जिल्लामा ५५ जनाको मृत्यु भइसकेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%१%७%

प्रतिक्रिया दिनुहोस